राप्रपाबाट कीर्तिपुर नगरपालिकाको मेयरमा महर्जनको उम्मेदवारी | Khabarhub Khabarhub

राप्रपाबाट कीर्तिपुर नगरपालिकाको मेयरमा महर्जनको उम्मेदवारी


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १६ गते कीर्तिपुर नगरपालिकाका मेयरका लागि हुन लागेको उपनिर्वाचनमा ईन्जिनियर ध्रुव महर्जनलाई उम्मेदवार बनाउने भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा कीर्तिपुर नगरपालिकामा भएको एक कार्यक्रममा महर्जनलाई मेयर पदको उमेदवार घोषणा गरिएको हो ।

उक्त नगरको वडा नम्बर १ को वडा अध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को अध्यक्षका लागि विजेश बस्नेतलाई उम्मेदवार घोषणा गरिएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । राप्रपाले कीर्तिपुरमा चुनावी प्रचार कार्यालय पनि मंगलबार नै खोलेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : ३५ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले