आज २०८१ साल मंसिर १४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर १४ गते शुक्रबारको राशिफल


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर १४ गते शुक्रबार तदनुसार सन् २०२४ नोभेम्बर २९ तारिख। त्रयोदशी उपरान्त चतुदर्शी तिथि। पशुपतिनाथ र हलेसी मेला। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुने दिन छ। तपाईंको उत्साह खोसिने जोखिम छ। साना कुराले मन अशान्त हुनसक्छ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन सहज छ। हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ। विदेशी शिक्षा प्राप्त गर्ने चक्कर बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शुभ ग्रहको बहुमत भएकाले प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ।

मिथुन : अनुत्पादक क्षेत्रको लगानीले तपाईंलाई दुःखी बनाउने छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : थोरै बोलेर अगाडि बढ्ने दिन छ। स्वास्थ्यमा पेट सम्बन्धी समस्या हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ। गुरुकुलको शिक्षाप्रति सुझाव बढ्नेछ। धार्मिक शिक्षाले मन शान्त बन्नेछ। परिवारले हरेक ठाउँमा निगरानीमा राख्नेछन्।

सिंह : दिन सहज छ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारको व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

कन्या : दिन सहज छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ। एकल निर्णय गर्नु भन्दा दाजुभाइको सल्लाहमा अगाडि बढ्नु सहज हुनेछ। परिवार भित्रबाट भन्दा बाहिरबाट प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बोली र व्यवहारलाई पारदर्शी बनाउनु आवश्यक देखिन्छ। आम्दानीका क्षेत्र धेरै भएपनि एउटा बाटोलाई दीर्घकालीन बनाउनु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। सानो कुराले परिवारमा भने झन्झट आइपर्ने जोखिम छ।

धनु : दिन सहज छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। एकल निर्णय भन्दा साथीभाइसँगको सल्लाहमा गरेको काम प्रभावकारी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको भय भने कायमै रहेको छ।

मकर : अन्त्य साढेसाती दशा चले पनि शुभग्रहको बहुमत भएकाले साथीको सल्लाहमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम रहेकाले थोरै बोल्नु फाइदाजनक हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

कुम्भ : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यवहारिक समस्या भए पनि शनिदेवको शान्तिका लागि शिवभजन सुनेमा फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दैनिकी सहज भए पनि खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। बोली र व्यवहारमा एकरुपता नहुँदा साथीले आलोचना गर्नेछन्। बिहान उठेर गणेशको भजन मात्र सुनेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ५ : ०४ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस