आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र  « Khabarhub

आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र 


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा आज रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । 

आँबुखैरेनी अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यसहित रक्तसञ्चार केन्द्र स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। 

उनले भने, ‘पृथ्वीराजमार्गमा दैनिकजसो हुने दुर्घटना, अस्पतालमा प्रसूति सेवा लिन आउने महिला र अन्य बिरामीलाई तत्कालै रगत आवश्यक पर्ने भएकाले अस्पतालमै रक्त सञ्चार केन्द्रको आवश्यकता थियो ।’

रक्तसञ्चार केन्द्र स्थापनापश्चात् रगत आवश्यक पर्ने बिरामीलाई सहज हुने चुमानले बताए। उनले भने, ‘रगत खोज्दै अन्यत्र जान नपरोस् भनेर केन्द्र स्थापना गरेका हौँ।’

अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले अस्पतालमै रक्त सञ्चार केन्द्र स्थापनापछि सम्बन्धित बिरामीले सहज तरिकाले रगत प्राप्त गर्न सक्ने बताउनुभयो । केन्द्र स्थापनासँगै केन्द्रका लागि आवश्यक पर्ने रगत संकलन गर्न थालिएको उनको भनाइ छ । 

गाउँपालिकाले २०७९ साल मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो । अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको डा क्षेत्रीले जानकारी दिए।

अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् । 

गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएको हो । 

गाउँपालिकाका अध्यक्ष चुमानले भने, ‘स्वास्थ्यचौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छाैँ। इलाका वनको भवनलाई ल्याब बनाएका छाैँ । त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौँ ।’ अस्पतालले गत एक वर्षको अवधिमा एक सय १७ जनालाई प्रसूति सेवा प्रदान गरेको छ । विसं २०८० मङ्सिर १ गतेदेखि २०८१ मङ्सिर १ गतेसम्म अस्पतालले एक सय १७ महिलालाई प्रसूति सेवा दिएको हो । 

अस्पतालबाट नौ सय ९३ जनाको आकस्मिक अवस्थाका बिरामीको उपचार गरिएको छभने ३२ हजार नौपटक प्रयोगशाला परीक्षण गरिएको क्षेत्रीले बताए। अस्पतालमा नौ सय ९१ जना बिरामीलाई भर्ना गरी उपचार गरिएको छभने तीन हजार नौ जनालाई अल्ट्रासाउण्ड सेवा, तीन हजार तीन सय ९१ जनालाई एक्सरे सेवा प्रदान गरिएको क्षेत्रीले बताए । 

अस्पतालले अब छिट्टै शल्यक्रिया सेवा, दन्त सेवा, फिजियोथेरापी आवश्यक बिरामीको पुनर्स्थापना र उपचार सेवा सुरु गर्न लागेको छ । त्यसैगरी विशेषज्ञ चिकित्सकमार्फत थप सेवा, टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको डा क्षेत्रीले बताए।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : १० बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।