यु-१९ एसिया कप : आज पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

यु-१९ एसिया कप : आज पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै नेपाल


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ। संयुक्त अरब इमिरेट्स (युएई)मा हुने प्रतियोगिताको पहिलो खेल नेपाली समय अनुसार शुक्रबार बिहान १०:४५ बजे सुरु हुनेछ।

नेपाल क्रिकेट संघ क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोलीलाई युएई पठाएको छ। टोलीको उपकप्तानमा अर्जुन कुमाल छन्। अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

यु–१९ टिमको प्रमुख प्रशिक्षक शक्ति गौचन हुन्। सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिइएको छ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।

पहिलो खेल श्रीलंकासँग आज खेल्न लागेको नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।

 

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : २९ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला