उपनिर्वाचन : ग्रामथानका ४ वटा मतदानस्थल संवेदनशील  « Khabarhub

उपनिर्वाचन : ग्रामथानका ४ वटा मतदानस्थल संवेदनशील 


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्य  सूचीमा राखेर वर्गीकरण गरेको छ ।

जिल्ला सुरक्षा समितिले ग्रामथानमा उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएकोमा ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

 संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको प्रजिअ भट्टराईले बताए । विगतका निर्वाचनमा भएका झगडा, विवाद र मतदान केन्द्रको संख्यालगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको उनको भनाइ छ । उनका अनुसार ग्रामथानमा अति संवेदनशील मतदानस्थल भने छैनन् ।

सुरक्षा संयन्त्रले जुनसुकै चुनौतीलाई पनि सहजै पार लगाउने र मतदाताको सुरक्षाको ग्यारेन्टी गर्ने मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिले बताए । उनका अनुसार आगामी उपनिर्वाचनको सुरक्षाका लागि ग्रामथानमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको हो ।

मतदानस्थलमध्ये संवेदनशीलमा प्रहरी निरीक्षक सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन हुने एसपी चिमरियाको भनाइ छ । उनका अनुसार मतदानका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ । त्यसबाहेक रिजर्बस्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए ।

उनका अनुसार उपनिर्वाचनलाई लक्षित गरेर सूचना संकलन गर्ने तथा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको छ । 

अध्यक्षमा विभिन्न दलका १५ र स्वतन्त्र १ सहित गरेर १६ जनाको उम्मेदवारी परेको छ । चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल नै सुरक्षाको प्रमुख चुनौतीका रूपमा देखा परेको सुरक्षा विश्लेषण छ ।मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मतदानका दिन पालिकालाई सुरक्षा घेराभित्र राखिने बताउँछन् ।

 ‘उपनिर्वाचन शान्तिपूर्ण र भयरहित हिसाबले सम्पन्न गर्न सुरक्षा निकाय तयार छ । अनर्गल हर्कतहरु रोक्ने गरिको योजना बनेको छ । कसैले गलत गतिविधि गरेमा तत्काल नियन्त्रणमा लिने रणनीति छ,’ उनी भन्छन्, ‘निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्दै सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइने छ । चुनावका दिन ग्रामथान छिर्ने मुख्य नाका ‘ब्लक’ गरिन्छ । सहायक मार्गमा सुरक्षा निकायको संयुक्त ‘चेक प्वाइन्ट’ हुने छ ।

मतदानका दिन ग्रामथानमा मानिस र सवारीसाधनको अनधिकृत प्रवेशमा रोक लगाइने भट्टराईले बताए । उनका अनुसार निर्वाचन विरोधी राजनीतिक दल र समूहका गतिविधि, नेता कार्यकर्ताबीचमा विवाद भएर हुनसक्ने सम्भावित झडप, धाक धम्की, मतदानस्थलमा हुनसक्ने अवरोध लगायतलाई सुरक्षा चुनौती मानिएको छ ।

जिल्ला सुरक्षा समिति मोरङले निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना बनाएर लागू गरिसकेको छ । स्थानीय तह उपनिर्वाचन, २०८१ ग्रामथान गाउँपालिका एकीकृत सुरक्षा योजना बनेको हो । 

मतदाता, मतदानस्थल, मतपेटिकाको सुरक्षादेखि मतपेटिकाको ढुवानी, मतगणनास्थल र विजय जुलुससम्मलाई लक्षित गरेर रणनीतिक हिसाबले सुरक्षा योजना बनाइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : १६ बजे

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती