गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा « Khabarhub

गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । अर्थाभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा पुग्नेबित्तिकै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको छ, गर्भ जाँचका लागि आएकी गर्भवतीका बारेमा स्वास्थ्यकर्मीले सम्बन्धित वडाको बीमा दर्ता सहयोगीलाई खबर गर्ने र बीमा अभिकर्ताले घरमै पुगेर  बीमा गर्ने व्यवस्था मिलाएका छौँ’, उनले भने । कार्यक्रमअन्तर्गत हालसम्म २५ जना गर्भवतीसहित उनीहरूका परिवारका एक सय २५ जनाको निःशुल्क स्वास्थ्य बीमा भएको छ । 

‘गाउँपालिकाले एक जना गर्भवतीका लागि गरिदिएको रु तीन हजार पाँच सयको स्वास्थ्य बीमाबाट गर्भवतीसहित परिवारका पाँच जनाको बीमा हुन्छ, जसबाट परिवारका पाँच जना सदस्य प्रत्येकले प्रतिव्यक्ति रु एक लाखसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्दछन्’, शाखा प्रमुख श्रेष्ठले भने ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १० : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको