अध्यक्षसँगै धितोपत्र बोर्डका प्रवक्ता पनि फेरिए | Khabarhub Khabarhub

अध्यक्षसँगै धितोपत्र बोर्डका प्रवक्ता पनि फेरिए


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै प्रवक्ताको जिम्मेवारीमा हेरफेर भएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दे बोर्ड प्रवक्ताको जिम्मेवारीमा उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई दिइएको जनाएको छ ।

‘नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक श्री निरञ्जय घिमिरेलाई तोकिएको छ, बोर्डका अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले मिति २०८१-०८-१३ गतेदेखि लागू हुने गरी उहाँलाई सो जिम्मेवारी प्रदान गर्नुभएको हो’, बोर्डको सूचनामा उल्लेख छ ।

पहिले प्रवक्ताको जिम्मेवारीमा रहेका निर्देशक डा. नवराज अधिकारीले बोर्डको अध्यक्षको लागि श्रेष्ठ सँगै प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ११ : ०४ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार