कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आफ्ना बालबालिका « Khabarhub

कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आफ्ना बालबालिका


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कतार– कतारको मध्यस्थतामा कीभ र मस्कोबीचको पछिल्लो मानवीय आदानप्रदान हुने भएको छ । यस हप्ता ९ रुसी र युक्रेनी बालबालिकालाई उनीहरूका देशमा परिवारका साथमा फर्काइने भएको छ।

बालबालिकाका लागि रुसी आयुक्त मारिया लभोभा बेलोभाले बिहीबार पत्रकारहरूलाई बताइन् कि ६ देखि १६ वर्षका सात बालबालिकालाई रूसबाट युक्रेनमा नजिकका आफन्तहरूसँग बस्न पठाइने  सहमति भएको छ। उनका अनुसार ती युक्रेनी बालबालिकाहरू रसियामा फरक परिस्थितिमा बस्दै आएको बताइन्।

उनका अनुसार ती युक्रेनी बालबालिका धेरैजसो हजुरबुबा हजुरआमासँग बस्दै आएका थिए । जसमध्ये यद्यपि एक १६ वर्षीय किशोर रूसी अनाथालयमा बसिरहेको थियो। उता ७ र ९ वर्षका दुई बालबालिका पनि युक्रेनमा धेरै वर्षसम्म अभिभावकसँग बसेपछि रसिया फर्किन लागेको बताइन्।

कतारले जारी गरेको एक विज्ञप्ति अनुसार बालबालिकाको फिर्तामा मध्यस्थकर्ताको रूपमा आफ्नो भूमिका अन्तर्राष्ट्रिय कानूनका सिद्धान्तहरू अनुसार शान्तिपूर्ण माध्यमबाट मध्यस्थता र द्वन्द्व समाधानको दृष्टिकोणको विस्तार हो।

यस वर्षको सुरुमा कतारले युक्रेनमा रहेका २२ बालबालिकालाई उनीहरूको रूसमा रहेका परिवारमा फिर्ता गर्न वार्ता गर्न पनि मद्दत गरेको थियो।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ११ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको