कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आफ्ना बालबालिका « Khabarhub

कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आफ्ना बालबालिका


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कतार– कतारको मध्यस्थतामा कीभ र मस्कोबीचको पछिल्लो मानवीय आदानप्रदान हुने भएको छ । यस हप्ता ९ रुसी र युक्रेनी बालबालिकालाई उनीहरूका देशमा परिवारका साथमा फर्काइने भएको छ।

बालबालिकाका लागि रुसी आयुक्त मारिया लभोभा बेलोभाले बिहीबार पत्रकारहरूलाई बताइन् कि ६ देखि १६ वर्षका सात बालबालिकालाई रूसबाट युक्रेनमा नजिकका आफन्तहरूसँग बस्न पठाइने  सहमति भएको छ। उनका अनुसार ती युक्रेनी बालबालिकाहरू रसियामा फरक परिस्थितिमा बस्दै आएको बताइन्।

उनका अनुसार ती युक्रेनी बालबालिका धेरैजसो हजुरबुबा हजुरआमासँग बस्दै आएका थिए । जसमध्ये यद्यपि एक १६ वर्षीय किशोर रूसी अनाथालयमा बसिरहेको थियो। उता ७ र ९ वर्षका दुई बालबालिका पनि युक्रेनमा धेरै वर्षसम्म अभिभावकसँग बसेपछि रसिया फर्किन लागेको बताइन्।

कतारले जारी गरेको एक विज्ञप्ति अनुसार बालबालिकाको फिर्तामा मध्यस्थकर्ताको रूपमा आफ्नो भूमिका अन्तर्राष्ट्रिय कानूनका सिद्धान्तहरू अनुसार शान्तिपूर्ण माध्यमबाट मध्यस्थता र द्वन्द्व समाधानको दृष्टिकोणको विस्तार हो।

यस वर्षको सुरुमा कतारले युक्रेनमा रहेका २२ बालबालिकालाई उनीहरूको रूसमा रहेका परिवारमा फिर्ता गर्न वार्ता गर्न पनि मद्दत गरेको थियो।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ११ : ४० बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच