कर्णाली याक्सको मुख्य प्रायोजक महिन्द्रा-अग्नि ग्रुप « Khabarhub

कर्णाली याक्सको मुख्य प्रायोजक महिन्द्रा-अग्नि ग्रुप


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नि ग्रुपसँग सम्झौता गरेको छ ।

शुक्रबार नक्सालको हिल्टन होटलमा कर्णाली याक्सका तर्फबाट मालिक झनकदत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठबीच सम्झौता भएको हो ।

सम्झौतापछि बोल्दै महिन्द्रा-अग्नि ग्रुपकी उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताइन् ।

त्यसतै कर्णाली याक्सका सह-मालिक गृहेन्द्र घिमिरेले आफ्नो टिमलाई साथ दिएकोमा निकै उत्साहित भएको बताए । उनले निजीक्षेत्र खेल क्षेत्रमा प्रवेश गर्दै गर्दा खेलाडीहरूमा पनि उत्साह थपिने बताए ।

यसैगरी कर्णाली याक्सको स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता गरेको छ । सम्झौता कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्समा सह–मालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एण्ड डेभलपमेण्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्मिमा खड्का, योङ्गेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्की उपस्थित थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ०१ बजे

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा