पन्ध्र वर्षयताकै दोस्रो लामो फिल्म बन्दै ‘पुष्पा-२’ « Khabarhub

पन्ध्र वर्षयताकै दोस्रो लामो फिल्म बन्दै ‘पुष्पा-२’


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेलगु नायक अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’ डिसेम्बर ५ बाट प्रदर्शनमा आउँदैछ । यो बहुप्रतिक्षित फिल्म हो ।

११ दिनअगाडि सार्वजनिक ट्रेलरलाई यो फिल्म बहुप्रतिक्षित हो भन्ने पुष्टि गरेको छ । ट्रेलरलाई दर्शकले रुचाए र सकारात्मक प्रतिक्रिया दिएको पाइन्छ ।

प्रदर्शनमको संघार रहेको यो फिल्मको सेन्सरको काम पनि सकिएको छ । भारतीय मिडिया हिन्दुस्तान टाइमका अनुसार त्यहाँको सेन्सर बोर्डले ‘यू/ए’  प्रमाणपत्र प्रदान गरेको छ ।

यो फिल्म २०० मिनेट अर्थात् ३ घण्टा २० मिनेट लामो रहेको हिन्दुस्तान टाइम्सले दाबी गरेको छ । अर्थात् यो फिल्म रणवीर कपुरले खेलेको ‘एनिमल’ भन्दा १ मिनेट मात्रै छोटो छ ।

‘एमिनल’ पछिल्लो १५ वर्षयता बनेको सबैभन्दा लामो फिल्म हो । यसअर्थमा ‘पुष्पा–२’ एक मिनेटका कारण १५ वर्षयता बनेको सबै लामो दोस्रो फिल्म बन्ने भएको छ ।

‘पुष्पा-२’ सुपर हिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृङ्खला हो । प्रदर्शनअगावै यस फिल्मले ९ सय करोड कमाइसकेको छ । यसको केन्द्रीय भूमिकामा अल्लु अर्जुन र नायिका रस्मिका मन्नदन्ना हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ४ : ३२ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६