एनपीएलको पहिलो खेलका टिकट र पास सकिएपछि पारसको आग्रह- अब फोन नगर्नुस् « Khabarhub

एनपीएलको पहिलो खेलका टिकट र पास सकिएपछि पारसको आग्रह- अब फोन नगर्नुस्


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेलका सबै टिकट र भीआईपी पास सकिएको जनाएको छ ।

क्यानका महासचिव पारस खड्काले सीमित पूर्वाधारका कारण पहिलो खेलका सबै टिकट र भीआईपी पासहरू सकिएको भन्दै समन्वय गरिदिन अनुरोध गरेका हुन् ।

खड्काले शनिबार हुन गइरहेको उद्घाटन खेलका लागि टिकट नभएका खेलप्रेमीलाई टेलिभिजन वा डिजिटल प्लेटफर्ममार्फत् हेर्न पनि अनुरोध गरेका छन् ।

‘क्रिकेट संघ नेपाल (क्यान) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको पहिलो म्याचका टिकट र भीआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ,’ खड्काले भनेका छन्, ‘भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौँ । कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : २१ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि