अभिव्यक्ति शृङ्खला–१५ मा नरेश नातिले साङ्गीतिक प्रस्तुति दिने « Khabarhub

अभिव्यक्ति शृङ्खला–१५ मा नरेश नातिले साङ्गीतिक प्रस्तुति दिने


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कवि, गीतकार, कथाकार, गायक तथा सङ्गीतकार नरेश नाति (नरेश माङ्पाहाङ राई) आफ्ना साङ्गीतिक सृजना लिएर मङ्सिर १५ गते शनिबार प्रस्तुत हुने भएका छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा बेलायतको टिडवर्थमा आयोजना हुने वार्षिक शृङ्खला ‘अभिव्यक्ति शृङ्खला’को पन्ध्रौँ संस्करणमा नाति प्रस्तुत हुने भएका हुन् ।

बेलायती–नेपाली डायास्पोरिक प्रतिभाहरूको सम्मानमा आयोजना हुँदै आएको ‘अभिव्यक्ति शृङ्खला’ एक महत्त्वपूर्ण कार्यक्रम मानिन्छ । यस शृङ्खलामा हालसम्म चौध जना स्रष्टा प्रस्तुत भइसकेका छन् ।

‘बाटो खोज्दाखोज्दै’ गीतसङ्ग्रह, ‘मन बेइमानी’ मुक्तक सङ्ग्रह र ‘देश बिर्सेर’ कथासङ्ग्रह जस्ता कृतिका स्रष्टा नाति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतसँग आबद्ध छन् । नाति कथा, कविता, गीत र मुक्तक विधाका साथै सङ्गीत सृजना, गायन र वाद्यवादन कलामा समेत अब्बल साधकका रूपमा सुपरिचित छन् ।

नाति बेलायती–नेपाली डायास्पोरिक समाजका एक गौरवशाली प्रतिभा हुन् ।  मिक्लाजुङ गाउँपालिका–६, कन्याटार, पाँचथरका नरेश नाति हाल गोर्खा सैनिक सेवामा सेवारत छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ४१ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड