कोशीमा एमाले–कांग्रेसको निर्णय : पहिचान पक्षधरसँग वार्ता गर्ने « Khabarhub

कोशीमा एमाले–कांग्रेसको निर्णय : पहिचान पक्षधरसँग वार्ता गर्ने


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको एमाले–कांग्रेस दुई दलीय संयन्त्रले पहिचान पक्षधरसँग समिति बनाएर वार्ता गर्ने निर्णय गरेको छ ।

शुक्रबार विराटनगरस्थीत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको संयन्त्रको बैठकले पहिचान पक्षधरसँग तत्काल संवाद गर्ने र यसका लागि प्रदेश सरकारले समिति बनाएर वार्ता सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले ताप्लेजुङको पाथीभरा मन्दिरमा बनाउन लागिएको केबलकार निर्माणको विवाद समाधानका लागि वार्ता टोली बनाउन प्रदेश सरकारलाई आग्रह गरेको दुई दलीय संयन्त्रका संयोजक शेरधन राईले जानकारी दिए ।

कोशी प्रदेश सरकारलाई बजेटको स्थिति, खर्चको विवरण र योजनाहरूको कार्यान्वयनको अवस्थालाई हेरेर बजेट संशोधन गर्न निर्देशन दिए अनुसार  कोशी प्रदेशको बजेट पुनरावलोकन गरी संशोधन गर्ने निर्णय पनि संयन्त्रले गरेको उनले बताए ।

बैठकपछि कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बजेट अनुसार सञ्चालनमा नरहेका कार्यक्रमहरू बारे पुनर्विचार गरेर बजेट संशोधन गरिने जानकारी दिए ।

एमाले र कांग्रेसका प्रतिनिधिहरू बाहेक प्रदेश सरकारका मन्त्रीहरू र सम्बन्धित सरोकारवालाहरू सहभागी भएका थिए । सो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले कोशी प्रदेशको बजेटको अवस्था, आय व्ययको विवरण, योजना कार्यान्वयनको स्थिति बारे जानकारी गराएका थिए  ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ४८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्