प्रधानमन्त्रीको उत्तर भ्रमण : प्रधानमन्त्री लीदेखि राष्ट्रपति सीसम्मलाई भेट्ने « Khabarhub

प्रधानमन्त्रीको उत्तर भ्रमण : प्रधानमन्त्री लीदेखि राष्ट्रपति सीसम्मलाई भेट्ने


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमण गर्ने औपचारिक घोषणा गरेको हो  ।

मन्त्रालयले उत्तरी छिमेकी मुलुक चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग समेत भेटवार्ता गर्ने जनाएको छ ।

भ्रमणका क्रममा चीनका प्रधानमन्त्री छ्याङसँग दुई पक्षीय वार्ता हुन भएको छ । चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि ओलीको भेटवार्ता हुने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले पेकिङ विश्व विद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ३ : ०९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति