कीर्तिपुरमा माओवादीका शिवशरण र स्वतन्त्र राजमानलाई स्पष्टीकरण « Khabarhub

कीर्तिपुरमा माओवादीका शिवशरण र स्वतन्त्र राजमानलाई स्पष्टीकरण


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले कीर्तिपुर नगरपालिको उपनिर्वाचनमा मेयर पदका दुईजना उम्मेदवारलाई शुक्रबार स्पष्टीकरण सोधेको छ ।

आयोगले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा.डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) लाई स्पष्टीकरण सोधेको हो ।

दुवै उम्मेदवारले निर्वाचन आचारसंहिताविपरीतको कार्य गरेकाले स्पष्टीकरण सोधिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले खबरहबलाई बताएका छन् ।

आयोगका अनुसार दुवैजना उम्मेदवारलाई आयोगको अनुमगन टोलीले गरेको सिफारिसका आधारमा स्पष्टीकरण सोधिएको हो ।

दुवैजनाले मौनअवधिभन्दा अगाडि नै आचारसंहिता उल्लंघन गरेको आयोगले जनाएको छ । कीर्तिपुर नगरपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा १९ जना प्रतिस्पर्धामा छन् । त्यहाँ वडा नम्बर ४ र १ को अध्यक्षको पनि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ३ : ०४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल