भएकै हो त रामबाबु र उपेन्द्रको पुनर्मिलन ? « Khabarhub

भएकै हो त रामबाबु र उपेन्द्रको पुनर्मिलन ?


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वि.सं. २०८० को नयाँ वर्षलाई लक्षित गरी प्रदर्शनमा आएको फिल्म ‘जारी’ले कीर्तिमानी व्यापार गर्‍यो । त्यस सालको सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘जारी’ नै थियो । यसले घरेलु बजारमा १७ करोडभन्दा माथि व्यापार गरेको बताइन्छ ।

यस फिल्ममा निर्देशक रामबाबु गुरुङ निर्मात थिए । लेखक उपेन्द्र सुब्बाको यो डेब्यू निर्देशन थियो ।

अहिले पनि ‘जारी’ धेरै व्यापार गर्ने फिल्मको सूचीमा अग्रस्थानमा आउँछ । फिल्म व्यवसायिक र अन्य मानकबाट पनि सफल सावित भयो ।

तर, यही फिल्मका कारण  निर्देशक एवम् लेखक उपेन्द्र र निर्माता रामबाबुको सम्बन्धमा चिसो पस्यो । सम्बन्ध बिग्रनुको कारण ‘जारी’कै आर्थिक लेनदेनको रहेको यी दुईनिकटको बुझाइ छ ।

यद्यपि रामबाबु र उपेन्द्र दुवैले यसबारे बोलेका छैनन् । उनीहरूले नबोलेसम्म यो कुरा अड्कलबाजीमै सीमित हुन्छ ।

सर्वाजनिक रुपमा आरोप–प्रत्यारोपमा नउत्रिए पनि यी दुईको सम्बन्ध बिग्रिएको प्रष्ट छ । कबड्डी श्रृङ्खला र जारीमा सहकार्य गरेका दुवैले एकल काम गरे ।

रामबाबुले ‘डिग्री माइला’ निर्देशन गरे । उपेन्द्रको लेखन र निर्देशन रहेको ‘मनसरा’ प्रदर्शनमा आयो । दुवै अपेक्षित रुपमा चलेनन् । जेनतेन लगानीसम्म सुरक्षित गरे ।

त्यहीबेला फिल्मीवृतमा कुरा चल्यो– उपेन्द्र र रामबाबुको बेमेल वक्स अफिस कलेक्सनमा देखियो ।

रामबाबु निर्देशनमा दख्खल राख्छन् । उनको विगतका फिल्मले यही भन्छ । उपेन्द्रको खुबी लेखनमा बढी छ । विगतको कामले त्यही भन्छ ।

‘रामबाबुको निर्देशन र उपेन्द्रको लेखनको संयोजन नभएरै’ उक्त दुई फिल्मले बक्स अफिसमा खडेरी सामाना गर्नुपर्‍यो भन्ने कोणबाट पनि फिल्मवृतमा चर्चा कायमै छ ।

उपेन्द्रले एकल ‘जारी-२’ बनाउने र रामबाबु ‘कबड्डी–५’ बनाउने तयारीमा थिए । जारी-२ को छायाङ्कन आगामी वैशाखमा हुने चर्चा थियो ।

अहिले यी दुईको सम्बन्धमा नयाँ घटनाक्रम विकास भएको छ । एक-एक ठक्करपछि यी दुईको पुनर्मिलन भएको चर्चा छ ।

स्रोतका अनुसार रामबाबु र उपेन्द्रबीच पुरानो कुरा बिर्सिएर सहकार्य गर्ने ‘जेन्टलमेन’ सहमति भएको छ । सम्बन्ध अहिलेकै अवस्था यथावत् रहे जारी-२ र कबड्डी-५ मा यी दुईको सहकार्य हुने निश्चित छ ।

तर, उपेन्द्र भने सहकार्यको विषयमा बोल्न चाहँदैनन् । भन्छन्, ‘सहकार्य भए छ भने सबैलाई थाहा भइहाल्ने कुरा हो ।’

यद्यपि आफू सहकार्यका लागि सकारात्मक रहेको उनी स्वीकार्छन् । उनको यो जवाफबाट पनि दुईबीच सहकार्य प्रयास भएको अड्कल गर्न सकिन्छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ४ : २२ बजे

काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट

‘धुरन्धर-२’ टिजरमा रणवीर सिंहको एक्सन र थ्रिलको झलक

काठमाडौँ– बलिउड सुपरहिट फिल्म ‘धुरन्धर’ को बहुप्रतीक्षित सिक्वेल ‘धुरन्धर–२ : द

वर्षमानसँग मतदाताले राखे यस्ता माग 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन गृहजिल्ला रोल्पामा

डब्लुएचओको बोर्ड बैठकमा नेपालको नेतृत्वदायी भूमिका 

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कार्यकारी बोर्डको १५८औँ बैठकमा

केपी ओलीबारे माधव नेपालको प्रश्न- मुख गन्हाउने मान्छेसँग कसरी तालमेल र सहकार्य हुन्छ ?

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल एमालेसँग चुनावी तालमेल