अछाममा असईले आफैंलाई हाने गोली, दुईवटा छानबिन समिति गठन « Khabarhub

अछाममा असईले आफैंलाई हाने गोली, दुईवटा छानबिन समिति गठन


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अछाममा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) ले आफैंलाई गोली हानेका छन् ।

तुर्माखाँद गाउँपालिका–३ स्थित भैरवस्थान प्रहरी चौकीका इन्चार्ज ४५ वर्षीय असई किसनबहादुर चन्दले बिहीबार राति पेस्तोलबाट आफैंलाई गोली हानेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीका अनुसार चन्द आफैंले बोकेको पेस्तोलबाट बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको खुलेको छ।

बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंलाई गोली हानेपछि गम्भीर घाइते चन्दको अहिले बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

उक्त घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरीका प्रमुख (एसपी) विनोद शर्मा नेतृत्वको समिति बनाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले पनि इलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ४ : ०८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा