स्थानीय सरकार रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

स्थानीय सरकार रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

तनहुँको भानु नगरपालिकामा नयाँ शहर आयोजना कार्यालय डुम्रे-भन्सार तनहुँको एकीकृत सरकारी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले योजनाहरू बनाउनुपर्न उनको सुझाव थियो ।

उनले एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला,वृद्ध वृद्धासहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जोड दिए ।

तल्लो तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सके मात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उनले राजनीति स्थिरताका लागि अहिले संसद्का दुई ठुला पार्टी मिलेर सरकार बनाएको बताए ।

‘राजनीतिक स्थिरता र स्थायित्व भयो भने मात्रै विकासले गति लिन्छ भन्ने कुरा तपाई हामी सबैलाई महसुस भएको हुनुपर्छ’, उपप्रधानमन्त्री सिंहले भने, ‘त्यसैले अहिले संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । राजनीति स्थिरताको जगमा विकास र समृद्धिलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छ ।’

भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठीले नयाँ शहर आयोजना कार्यालय डुम्रे-भन्सार तनहुँको एकीकृत सरकारी भवनको निर्माणले
नागरिकलाई सेवा प्रवाहमा सहज भएको बताए । उनले भानु नगरलाई सांस्कृतिक रूपमा ऐतिहासिक नगरका रूपमा विकास गर्ने लक्ष्यका साथ आफूले काम गरिरहेको र त्यसमा शहरी विकास मन्त्रालयको साथ पाउने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ५ : ५५ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका