जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत | Khabarhub Khabarhub

जापान सरकारद्वारा ९२ अर्ब डलरको अतिरिक्त बजेट योजना स्वीकृत


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वको सरकारले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजापछि ठूलो प्रोत्साहन प्याकेजका लागि थप बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सरकारको लोकप्रियतालाई बढावा दिने उद्देश्यले पनि रूग्ण उद्योग, व्यवसाय तथा समग्र अर्थव्यवस्थालाई उकास्ने उद्देश्यसहित यो अतिरिक्त बजेटको व्यवस्था गरेका हुन् ।

मन्त्री परिषद्ले स्वीकृत गरेको अतिरिक्त बजेट १३.९ ट्रिलियन येन (९२ अर्ब अमेरिकी डलर) बराबरको छ र यो वर्षको अन्त्यसम्ममा संसदबाट पारित हुने अपेक्षा गरिएको छ ।

यसलाई आंशिक रूपमा ६.६ ट्रिलियन येनभन्दा बढीको ऋणपत्र जारी गरेर वित्तपोषित गरिनेछ ।

गत हप्ता इशिबाको मन्त्री परिषद्ले २१.९ ट्रिलियन येनको अतिरिक्त कार्यक्रमलाई अनुमोदन गरेको थियो, जसको समग्र प्रभाव ३९ ट्रिलियन येन बराबर हुने अनुमान गरिएको थियो ।

यसमा कम आय भएका परिवारका लागि करिब ३०,००० येन, इन्धन तथा ऊर्जा अनुदान र साना व्यवसायका लागि सहयोग समावेश गरिएको छ ।

पूर्ववर्ती फुमियो किशिदाको राजीनामापछि ६७ वर्षीय प्रधानमन्त्री इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेका थिए  ।

तर दशकौंदेखि लगातार शासन गर्दै आएको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) भित्रको भ्रष्टाचारलाई लिएर मतदाताहरू आक्रोशित भएका छन् ।

सन् २००९ पछि पहिलो पटक एलडीपी र यसको सानो सहयोगी कोमेइतो पार्टीको सत्तारुढ गठबन्धनको संसदको तल्लो सदनमा बहुमत गुमेको हो ।

इशिबाले निराश ग्रामीण क्षेत्रहरूलाई पुनर्जीवित गर्ने र जापानको घट्दो जनसङ्ख्याको ‘शान्त आपत्कालीन अवस्था’ लाई सम्बोधन गर्ने वाचा गरेका छन् ।

माइनिची शिम्बुन दैनिकमा आइतबार प्रकाशित एक सर्वेक्षणले मन्त्रिपरिषद्को अनुमोदन दर अक्टोबरको सुरुको तुलनामा १५ अङ्कले घटेर ३१ प्रतिशतमा झरेको जनाएको छ । मन्त्रिपरिषद्प्रतिको अस्वीकृति दर ५० प्रतिशत थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ०३ बजे

नुवाकोटको तारुकामा आज गोरु जुधाइ प्रतियोगिता

नुवाकोट– माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा

थारू संस्कृतिको संरक्षण गर्न महोत्सव आयोजना

मोरङ– मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा

भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन् : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक

पोखरामा मानसिक अस्पताल स्थापना गर्न पहल

गण्डकी– पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल सुरु

मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक

म्याग्दी– म्याग्दी जिल्लामा बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे