परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता

ओलीको भ्रमणदेखि सीमापार व्यापार र पर्यटनबारे कुराकानी


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । चीनको छन्दु सहरमा अपराह्न उहाँहरूबीच वार्ता भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणा तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा. राणा बिहीबार त्यसतर्फ गएकी थिइन् ।

उनीहरूबीच नेपाल-चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भएको छ। यसकासाथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानबारे पनि कुराकानी भएको थियो ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिएकी छन् ।

वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा. राणाले बधाई दिइन् ।

मन्त्री डा. राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धि हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताइन् ।

चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा राणाले धन्यवाद दिइन् ।

त्यसैगरी नेपाल–चीनबीचका सबै परम्परागत सीमा नाका पुनःनियमित रूपमा सञ्चालनमा आइसकेका पनि उनले सुनाए ।

ती नाकामा दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेकाले यसलाई थप सहज तथा प्रभावकारी बनाउन दुवै पक्षबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उनले बताइन् ।

पछिल्ला समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणहरुले हाम्रो निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझ्दारी एवम् सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि छलफल भएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल चीनबीच लामो समयदेखि रहीआएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको छ । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

भेटपछि परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्रीसँगको नेपाल-चीन सम्बन्धमा नयाँ उचाइ थपेको बताइन् । उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन यसले सहयोग पुगेको प्रतिक्रिया दिइन् ।

भेटका क्रममा दुई देशबीचको सदियौँ पुरानो सम्बन्ध, नेपालको आर्थिक सामाजिकलगायतका क्षेत्रमा चीनले पुर्‍याउँदै आएको सहयोग, आगामी दिनमा पनि सहयोग र सहकार्यका नयाँ क्षेत्रहरुको पहिचानका साथै आर्थिक विकासका लागि सहकार्यलाई प्राथमिकता दिने कुरा भएको थियो ।

वार्तामा मन्त्री डा. राणाको नेतृत्वमा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, चीनको छन्दुस्थित नेपाली महावाणिज्यदूत र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी थिए ।

यसैबीच शुक्रबार नै साँझ चिनियाँ विदेशमन्त्री वाङले मन्त्री डा. राणा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज दिएका छन् ।

भोजमा सहभागी हुँदै मन्त्री डा राणाले प्रधानमन्त्री ओली र आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेकामा चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिइन् ।

त्यस अवसरमा उनले दुई देशबीच सरकारस्तरमा मात्र नभएर जनता-जनताबीच धेरै पुरानो र सुमधुर सम्बन्ध रही आएको चर्चा गरिन् । मन्त्री डा. राणा शनिबार नेपाल फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : ३९ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा