गाजामा अराजकता छ– राष्ट्रसङ्घ « Khabarhub

गाजामा अराजकता छ– राष्ट्रसङ्घ


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जेनेभा – संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजा पट्टीमा अराजकता छाएको, खाद्यान्न अभाव बढ्दै गएको, लुटपाट व्यापक भइरहेको, आश्रयस्थलहरूमा बलात्कारका घटनाहरू बढिरहेको र सार्वजनिक व्यवस्था बिग्रँदै गएको बताएको छ ।

प्यालेस्टिनी क्षेत्रहरूमा संयुक्त राष्ट्र मानव अधिकार कार्यालय प्रमुख अजित सुङ्घेले विनाशकारी प्यालेस्टिनी क्षेत्रको आफ्नो पछिल्लो भ्रमणको समापन गरेपछि प्यालेस्टिनीहरूले ‘वास्तवमा बुझ्नुपर्ने मात्रामा’ कष्ट भोगिरहेको बताए ।

“यस पटक भोकमरीको व्यापकता देखेर म विशेष गरी चिन्तित भएँ”, सुङ्घेले अम्मानबाट भिडियो–लिङ्कमार्फत जेनेभामा मिडिया ब्रिफिङमा भने, “सार्वजनिक व्यवस्था र सुरक्षाको विच्छेदले सीमित स्रोतहरूका लागि लुटपाट र सङ्घर्षको परिस्थिति झनै बिकराल बनाएको छ ।”

“हामीले महिनौँअघि चेतावनी दिएको गाजाको अराजकता अब यहाँ छ”, परिस्थितिलाई पूर्ण रूपमा पूर्वानुमान योग्य, दृश्यमान र निवारण योग्य बताउँदै उनले भने । धेरै पटक विस्थापित भएका महिलाहरूले आफ्नो अस्थायी टेन्टहरूमा कुनै सुरक्षित ठाउँ वा गोपनीयताको कमी रहेको कुरामा जोड दिएको सुङ्घेले बताए ।

“अन्यले लैङ्गिक हिंसा र बलात्कार, बालबालिकाको दुर्व्यवहार र समुदायभित्रका अन्य हिंसाका घटनाहरू युद्ध र कानून प्रवर्तन र सार्वजनिक व्यवस्थाको विच्छेदको परिणाम स्वरूप आश्रयस्थलहरूमा बढेका छन् भनेका छन्”, उनले भने ।

सुङ्गेले गाजा सहरको अवस्थालाई ‘भयानक’ भनेर वर्णन गरे । उनका अनुसार त्यहाँ हजारौँ विस्थापितले ‘गम्भीर खाद्यान्न अभाव र भयानक सरसफाइ अवस्थाका साथ अमानवीय अवस्थामा’ आश्रय लिएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : ५८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक