गाजामा अराजकता छ– राष्ट्रसङ्घ « Khabarhub

गाजामा अराजकता छ– राष्ट्रसङ्घ


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जेनेभा – संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजा पट्टीमा अराजकता छाएको, खाद्यान्न अभाव बढ्दै गएको, लुटपाट व्यापक भइरहेको, आश्रयस्थलहरूमा बलात्कारका घटनाहरू बढिरहेको र सार्वजनिक व्यवस्था बिग्रँदै गएको बताएको छ ।

प्यालेस्टिनी क्षेत्रहरूमा संयुक्त राष्ट्र मानव अधिकार कार्यालय प्रमुख अजित सुङ्घेले विनाशकारी प्यालेस्टिनी क्षेत्रको आफ्नो पछिल्लो भ्रमणको समापन गरेपछि प्यालेस्टिनीहरूले ‘वास्तवमा बुझ्नुपर्ने मात्रामा’ कष्ट भोगिरहेको बताए ।

“यस पटक भोकमरीको व्यापकता देखेर म विशेष गरी चिन्तित भएँ”, सुङ्घेले अम्मानबाट भिडियो–लिङ्कमार्फत जेनेभामा मिडिया ब्रिफिङमा भने, “सार्वजनिक व्यवस्था र सुरक्षाको विच्छेदले सीमित स्रोतहरूका लागि लुटपाट र सङ्घर्षको परिस्थिति झनै बिकराल बनाएको छ ।”

“हामीले महिनौँअघि चेतावनी दिएको गाजाको अराजकता अब यहाँ छ”, परिस्थितिलाई पूर्ण रूपमा पूर्वानुमान योग्य, दृश्यमान र निवारण योग्य बताउँदै उनले भने । धेरै पटक विस्थापित भएका महिलाहरूले आफ्नो अस्थायी टेन्टहरूमा कुनै सुरक्षित ठाउँ वा गोपनीयताको कमी रहेको कुरामा जोड दिएको सुङ्घेले बताए ।

“अन्यले लैङ्गिक हिंसा र बलात्कार, बालबालिकाको दुर्व्यवहार र समुदायभित्रका अन्य हिंसाका घटनाहरू युद्ध र कानून प्रवर्तन र सार्वजनिक व्यवस्थाको विच्छेदको परिणाम स्वरूप आश्रयस्थलहरूमा बढेका छन् भनेका छन्”, उनले भने ।

सुङ्गेले गाजा सहरको अवस्थालाई ‘भयानक’ भनेर वर्णन गरे । उनका अनुसार त्यहाँ हजारौँ विस्थापितले ‘गम्भीर खाद्यान्न अभाव र भयानक सरसफाइ अवस्थाका साथ अमानवीय अवस्थामा’ आश्रय लिएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : ५८ बजे

गगनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, जिउँदाहरूको हो’

काठमाडौं- महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ

कांग्रेस महाधिवेशनमा नेता/कार्यकर्तालाई एलर्जीको समस्या बढी, जथाभावी औषधि वितरण

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको

मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति मनाउने

काठमाडौं– मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाउने भएको छ

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले