अजरबैजान विमान दुर्घटना : दुःख व्यक्त गरेका पुटिनले जिम्मेवारी लिएनन् « Khabarhub

अजरबैजान विमान दुर्घटना : दुःख व्यक्त गरेका पुटिनले जिम्मेवारी लिएनन्


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले छिमेकी अजरबैजानसँग कमर्सियल एयरलाइनर रुसी एयर स्पेसमा दुर्घटना भएकोमा दुःख व्यक्त गरेका छन्। तर उनले यसको जिम्मेवारी भने लिएका छैनन्। सो दुर्घटनामा ३८ जनाको ज्यान गएको थियो। रुसले युक्रेनी ड्रोनहरूलाई रोक्ने प्रयास गरिरहेको समयमा क्रिसमसका दिन सो दुर्घटना भएको थियो।

युक्रेनका राष्ट्रपति भालोडोमिर जेलेन्सकीले भने रुसले गलत अफवाह फैलाइरहेको आरोप लगाएका छन्।

क्यास्पियन सागरतर्फ गइरहेको सो विमान रुसको अधीनमा रहेको चेचेन्यामा अवतरण गर्न गइरहेको समयमा आक्रमण भएको थियो। काजकिस्तानको अकाटुको छेवैमा दुर्घटना भएको सो यानमा ६८ जना सवार थिए। उक्त उडानमा धेरै जसो अजरबैजानका यात्रु थिए भने काजकिस्तान, किर्गिस्तान र अन्य यात्रु पनि थिए।

जे-२ ८२४३ नम्बरको सो उडान अजरबैजानको राजधानी बाकुबाट २५ डिसेम्बरमा चेचेन्याको ग्रोज्नीतर्फ गएको थियो। पुटिनले यस बारेमा अजरबैजानका राष्ट्रपति इलियाम अलिभेयसँग कुरा गरेको बताइएको छ। पुटिनले क्षमा याचना गर्दै विमान चेचेन्यामा अवतरण गर्न लागेको समेत खुलासा गरेका हुन्।

सोही समयमा ग्रोज्नी, मोजडोक र भ्लाडिभा्ज्जाजमा रुसी युक्रेनी आक्रमण भइरहेका कारण रुसले त्यसलाई निस्तेज पार्न प्रयास गरिरहेको पुटिनले बताए। घटनाको लगत्तै युक्रेनी राष्ट्रपति जेलेन्सकीले यस बारे पुटिनले स्पष्टीकरण दिनुपर्ने बताएका थिए। अजरबैजानले कसैलाई आरोप लगाएको छैन। तर यातायात मन्त्रीले बाह्य कारणले दुर्घटना भएको उल्लेख गरेका छन्।

अमेरिकी रक्षा अधिकारीहरूले पनि शुक्रबार सो विमान दुर्घटनाको मुख्य जिम्मेवार रुस नै भएको प्रतिक्रिया दिएको थियो।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : ५४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्