अजरबैजान विमान दुर्घटना : दुःख व्यक्त गरेका पुटिनले जिम्मेवारी लिएनन् | Khabarhub Khabarhub

अजरबैजान विमान दुर्घटना : दुःख व्यक्त गरेका पुटिनले जिम्मेवारी लिएनन्


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले छिमेकी अजरबैजानसँग कमर्सियल एयरलाइनर रुसी एयर स्पेसमा दुर्घटना भएकोमा दुःख व्यक्त गरेका छन्। तर उनले यसको जिम्मेवारी भने लिएका छैनन्। सो दुर्घटनामा ३८ जनाको ज्यान गएको थियो। रुसले युक्रेनी ड्रोनहरूलाई रोक्ने प्रयास गरिरहेको समयमा क्रिसमसका दिन सो दुर्घटना भएको थियो।

युक्रेनका राष्ट्रपति भालोडोमिर जेलेन्सकीले भने रुसले गलत अफवाह फैलाइरहेको आरोप लगाएका छन्।

क्यास्पियन सागरतर्फ गइरहेको सो विमान रुसको अधीनमा रहेको चेचेन्यामा अवतरण गर्न गइरहेको समयमा आक्रमण भएको थियो। काजकिस्तानको अकाटुको छेवैमा दुर्घटना भएको सो यानमा ६८ जना सवार थिए। उक्त उडानमा धेरै जसो अजरबैजानका यात्रु थिए भने काजकिस्तान, किर्गिस्तान र अन्य यात्रु पनि थिए।

जे-२ ८२४३ नम्बरको सो उडान अजरबैजानको राजधानी बाकुबाट २५ डिसेम्बरमा चेचेन्याको ग्रोज्नीतर्फ गएको थियो। पुटिनले यस बारेमा अजरबैजानका राष्ट्रपति इलियाम अलिभेयसँग कुरा गरेको बताइएको छ। पुटिनले क्षमा याचना गर्दै विमान चेचेन्यामा अवतरण गर्न लागेको समेत खुलासा गरेका हुन्।

सोही समयमा ग्रोज्नी, मोजडोक र भ्लाडिभा्ज्जाजमा रुसी युक्रेनी आक्रमण भइरहेका कारण रुसले त्यसलाई निस्तेज पार्न प्रयास गरिरहेको पुटिनले बताए। घटनाको लगत्तै युक्रेनी राष्ट्रपति जेलेन्सकीले यस बारे पुटिनले स्पष्टीकरण दिनुपर्ने बताएका थिए। अजरबैजानले कसैलाई आरोप लगाएको छैन। तर यातायात मन्त्रीले बाह्य कारणले दुर्घटना भएको उल्लेख गरेका छन्।

अमेरिकी रक्षा अधिकारीहरूले पनि शुक्रबार सो विमान दुर्घटनाको मुख्य जिम्मेवार रुस नै भएको प्रतिक्रिया दिएको थियो।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : ५४ बजे

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको

इजरायलमा बर्ड फ्लुको नयाँ सङ्क्रमण

तेल अवीव – इजरायलको मातेह येहुदा क्षेत्रीय परिषद्को किबुट्ज जोरामा