अस्ट्रेलियाविरुद्ध रेड्डीको सानदार शतक « Khabarhub

अस्ट्रेलियाविरुद्ध रेड्डीको सानदार शतक


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

मेलबर्न – नितिस कुमार रेड्डीले शानदार शतक प्रहार गरेपछि भारतले अस्ट्रेलियासँग भइरहेको टेस्टमा हार जोगाउने सम्भावना देखिएको छ। मेलबर्न क्रिकेट मैदानमा आइतबार बिहान चौथो दिन भारतको पारी सकिएको छ। ११९.३ ओभरमा सबै विकेट गुमाएको भारतले ३६९ रन बनायो। यस अघि अस्ट्रेलियाले ४७४ रन बनाएको थियो। रेड्डीले १८९ बलमा ११४ रन बनाए।

तेस्रो दिनको बिहान नै ऋषभ पन्त अनावश्यक सर्ट खेल्ने प्रयासमा आउट भए पछि रेड्डी ब्याटिङ गर्न आएका थिए। ४८ ओभर भन्दा कममै उनले वासिङ्टन सुन्दरसँग १२७ रनको साझेदारी गरेका थिए। तेस्रो दिनको खेल वर्षा र कम प्रकाशका कारण चाँडै नै सकिएको थियो।
५० रन बनाएका सुन्दर आउट भएपछि जसप्रित बुमराह तेस्रो बलमा नै कुमिन्सको बलमा आउट भएका थिए। सो समयमा रेड्डी भने ९९ रनमा खेलिरहेका थिए। त्यसपछि सिराजले मुस्किलले ३ बलको सामना गरेपछि रेड्डीले स्कट बोलान्डको अर्को ओभरमा चौका प्रहार गरेका थिए।

रेड्डीको यो शतकले भारतलाई ठुलो सहयोग गरेको छ। खाना समयसम्म भन्दा अघि नै २२१ रनमा सातौ विकेट गुमाएको भारतले खेललाई यो उचाईमा लैजाने सम्भावना कमै देखिएको थियो।


पहिलो दिन भारतविरुद्ध शतक हिर्काएका अस्ट्रेलियाका स्टेभन स्मिथ। उनी १४० रनमा आउट भए ।

अस्ट्रेलियाका कप्तान प्याट कुमिन्स, बोलान्ड र नाथन लियोन समान तीन विकेट लिए। यस अघि अस्ट्रेलियाले स्टेभन स्मिथको १४० रनको शानदार शतकका साथ ४७४ रन जोडेको थियो।

अहिले चौथो दिनको खेलमा अस्ट्रेलिया ब्याटिङ गरिरहेको छ। अस्ट्रेलियाले १९ औं ओभरको समाप्तिमा दुई विकेट गुमाएर मात्र ४३ रन बनाएको छ। भारतका लागि जसप्रित बुमराह र मोहमद सिराजले एकएक विकेट लिएका हुन्।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : ०० बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल