अस्ट्रेलियाविरुद्ध रेड्डीको सानदार शतक « Khabarhub

अस्ट्रेलियाविरुद्ध रेड्डीको सानदार शतक


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

मेलबर्न – नितिस कुमार रेड्डीले शानदार शतक प्रहार गरेपछि भारतले अस्ट्रेलियासँग भइरहेको टेस्टमा हार जोगाउने सम्भावना देखिएको छ। मेलबर्न क्रिकेट मैदानमा आइतबार बिहान चौथो दिन भारतको पारी सकिएको छ। ११९.३ ओभरमा सबै विकेट गुमाएको भारतले ३६९ रन बनायो। यस अघि अस्ट्रेलियाले ४७४ रन बनाएको थियो। रेड्डीले १८९ बलमा ११४ रन बनाए।

तेस्रो दिनको बिहान नै ऋषभ पन्त अनावश्यक सर्ट खेल्ने प्रयासमा आउट भए पछि रेड्डी ब्याटिङ गर्न आएका थिए। ४८ ओभर भन्दा कममै उनले वासिङ्टन सुन्दरसँग १२७ रनको साझेदारी गरेका थिए। तेस्रो दिनको खेल वर्षा र कम प्रकाशका कारण चाँडै नै सकिएको थियो।
५० रन बनाएका सुन्दर आउट भएपछि जसप्रित बुमराह तेस्रो बलमा नै कुमिन्सको बलमा आउट भएका थिए। सो समयमा रेड्डी भने ९९ रनमा खेलिरहेका थिए। त्यसपछि सिराजले मुस्किलले ३ बलको सामना गरेपछि रेड्डीले स्कट बोलान्डको अर्को ओभरमा चौका प्रहार गरेका थिए।

रेड्डीको यो शतकले भारतलाई ठुलो सहयोग गरेको छ। खाना समयसम्म भन्दा अघि नै २२१ रनमा सातौ विकेट गुमाएको भारतले खेललाई यो उचाईमा लैजाने सम्भावना कमै देखिएको थियो।


पहिलो दिन भारतविरुद्ध शतक हिर्काएका अस्ट्रेलियाका स्टेभन स्मिथ। उनी १४० रनमा आउट भए ।

अस्ट्रेलियाका कप्तान प्याट कुमिन्स, बोलान्ड र नाथन लियोन समान तीन विकेट लिए। यस अघि अस्ट्रेलियाले स्टेभन स्मिथको १४० रनको शानदार शतकका साथ ४७४ रन जोडेको थियो।

अहिले चौथो दिनको खेलमा अस्ट्रेलिया ब्याटिङ गरिरहेको छ। अस्ट्रेलियाले १९ औं ओभरको समाप्तिमा दुई विकेट गुमाएर मात्र ४३ रन बनाएको छ। भारतका लागि जसप्रित बुमराह र मोहमद सिराजले एकएक विकेट लिएका हुन्।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : ०० बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि