कोरियामा जहाज दुर्घटना : १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए | Khabarhub Khabarhub

कोरियामा जहाज दुर्घटना : १७९ जनाको मृत्यु, दुई यात्रुमात्रै जीवित भेटिए


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियामा आइतबार बिहान १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ ।

जेजु एयरको बोइङ्ग ७३७-८०० विमान ल्यान्डिङ गियरमा समस्या हुँदा रनवेबाट चिप्लिएर बाहिर पुगेपछि पर्खालमा ठोक्किएको थियो ।

यस दुर्घटनामा अहिलेसम्म १७९ जनाले ज्यान गुमाइसकेका छन् । योनहाप न्यूज एजेन्सीले उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएअनुसार अब जहाजमा सवार २ जना मात्रै जीवित भेटिएका छन् ।

अन्य सबै यात्री र चालक दलका सदस्यले ज्यान गुमाइसकेका छन् । राहत र उद्धारको काममा लागेकाहरूले जनाएअनुसार अहिलेसम्म १२० जनाको शव भेटिएको छ ।

न्यूज एजेन्सीका अुनसार यो दुर्घटना स्थानीय समयानुसार बिहान ९ बजेर ७ मिनेटमा भएको हक्सुको । जेजु एयरको उडान नम्बर २२१६ को जहाज देशको दक्षिण-पश्चिमस्थित मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेको थियो ।

विमान बैंककबाट दक्षिण कोरिया फर्किएर अवतरणका क्रममा दुर्घटनामा परेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोअनुसार जहाज रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि एकैचोटी आगोको मुस्लोमा परिणत भएको देखिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज चराहरूको झुन्डसँग ठोकिन पुगेको थियो । त्यसका कारण जहाजको ल्यान्डिङ गियरमा खराबी आएर दुर्घटना हुन पुग्यो ।

कोरिया हेराल्डले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार विमान दोस्रो पटक अवतरणको कोसिसमा लाग्दा दुर्घटनाग्रस्त भएको हो ।

एयरपोर्टको चक्कर लगाएपछि जहाजले ल्यान्डिङ्ग गियरलाई पूरै नझारी आपतकालीन अवतरणको कोसिस गरेको थियो ।

आपतकालीन अवतरणका क्रममा रनवेबाट चिप्लिएको जहाज भाँचिन पुग्यो । त्यसको केहीबेररमै विमानस्थल धुवाँको मुस्लोले भरियो ।

अहिलेसम्म चालक दलका एक सदस्य र एक यात्रीलाई मात्रै बचाउन सकिएको छ । बाँकी १७९ जनाको ज्यान गइसकेको छ ।

विमानमा १७५ यात्रु र चालक दलका ६ जना सदस्य थिए । यात्रुमा १७३ जना दक्षिण कोरियाली नागरिक थिए । अन्य दुईजनाको राहदानी थाई थियो ।

भिडियोमा देखिएअनुसार जहाज रनवेबाट बाहिर गएर परसम्म चिप्लिँदै एक तारजालीको पर्खालमा ठोकिएको थियो । पर्खालमा ठोकिएपछि जहाजमा ठूलो विस्फोटको आवाज आयो । जहाज ठोकिने बित्तिकै आगोको मुस्लोमा परिणत भएर नष्ट भएको छ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १ : १६ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली