शिवरात्रिको प्रतिस्पर्धाबाट पछि हट्यो ‘होस्टल–३’ « Khabarhub

शिवरात्रिको प्रतिस्पर्धाबाट पछि हट्यो ‘होस्टल–३’


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नव कलाकारलाई लिएर निर्माण गरिएको फिल्म ‘होस्टल’को तेस्रो श्रृङ्खला ‘होस्टल– ३’को प्रदर्शन मिति हेरफेर भएको छ ।

शिवरात्रि अर्थात् फागुन दोस्रो साता हलमा तीनभन्दा बढी फिल्मको प्रतिस्पर्धा हुने देखिएपछि निर्माण पक्षले प्रदर्शन मिति हेरफेर गरेको हो ।

छायाङ्कनकै क्रममा शिवरात्रि लक्षित गरी फागुन १६ गते प्रदर्शन हुने बताइएको यो फिल्म एक साता ढिलो गरी फागुन २३ बाट प्रदर्शनमा आउने भएको छ ।

निर्देशक शसान कँडेलका अनुसार उक्त मितिमा अन्य फिल्म पनि पदर्शनमा आउने भएकाले प्रदर्शन मिति हेरफेर गर्ने अवस्था आएको हो ।

शिवरात्रिलक्षित गरी फिल्म ‘मायावी’, ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ प्रदर्शनमा आउने बताइएको छ ।

छायाङ्कन पूरा भएपछि निर्माण पक्षले फिल्मका चार पुरुष कलाकार फिचर्ड पोस्टर सार्वजनिक गरी नयाँ प्रदर्शन मिति बारे जानकारी दिएको हो ।

उक्त पोस्टरमा फिल्मका प्रमुख कलाकार पारस बम, रिहान गिरी, पदम गिरी र आशिष घिमिरेलाई स्थान दिइएको छ । यी सबै यस फिल्मका केन्द्रीय कलाकार हुन् ।

पोस्टरले यी चार कलाकारले निर्वाह गरेको भूमिकामा बारे संकेत गरेका छ । रिहान, पदम तथा पारस सहरिया विद्यार्थी र आशीष ग्रामिण परिवेशका विद्यार्थी रहेको अनुमान गर्न सकिन्छ । आशिषले टुप्पी पालेका छन् भने फर्मल पहिरनमा छन् ।

पोस्टरले चार साथीहरू बास्केटबल कोर्टमा रमाइलो गरिरहेको देखाएको छ । ‘होस्टेल ३’ ले क्याम्पस जीवन, मित्रता र रमाइलो क्षणहरूको कथा घटना उठान गर्ने बताइएको छ ।

यस फिल्ममा पारस, रिहान, आशिष र पदमसहित सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली लगायत मुख्य भूमिकामा रहने बताइएको छ ।

निर्देशन कँडेलकै कथा हो । स्क्रिप्ट भने माधव शर्माले लेखेका छन् । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ५८ बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको