शिवरात्रिको प्रतिस्पर्धाबाट पछि हट्यो ‘होस्टल–३’ « Khabarhub

शिवरात्रिको प्रतिस्पर्धाबाट पछि हट्यो ‘होस्टल–३’


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नव कलाकारलाई लिएर निर्माण गरिएको फिल्म ‘होस्टल’को तेस्रो श्रृङ्खला ‘होस्टल– ३’को प्रदर्शन मिति हेरफेर भएको छ ।

शिवरात्रि अर्थात् फागुन दोस्रो साता हलमा तीनभन्दा बढी फिल्मको प्रतिस्पर्धा हुने देखिएपछि निर्माण पक्षले प्रदर्शन मिति हेरफेर गरेको हो ।

छायाङ्कनकै क्रममा शिवरात्रि लक्षित गरी फागुन १६ गते प्रदर्शन हुने बताइएको यो फिल्म एक साता ढिलो गरी फागुन २३ बाट प्रदर्शनमा आउने भएको छ ।

निर्देशक शसान कँडेलका अनुसार उक्त मितिमा अन्य फिल्म पनि पदर्शनमा आउने भएकाले प्रदर्शन मिति हेरफेर गर्ने अवस्था आएको हो ।

शिवरात्रिलक्षित गरी फिल्म ‘मायावी’, ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ प्रदर्शनमा आउने बताइएको छ ।

छायाङ्कन पूरा भएपछि निर्माण पक्षले फिल्मका चार पुरुष कलाकार फिचर्ड पोस्टर सार्वजनिक गरी नयाँ प्रदर्शन मिति बारे जानकारी दिएको हो ।

उक्त पोस्टरमा फिल्मका प्रमुख कलाकार पारस बम, रिहान गिरी, पदम गिरी र आशिष घिमिरेलाई स्थान दिइएको छ । यी सबै यस फिल्मका केन्द्रीय कलाकार हुन् ।

पोस्टरले यी चार कलाकारले निर्वाह गरेको भूमिकामा बारे संकेत गरेका छ । रिहान, पदम तथा पारस सहरिया विद्यार्थी र आशीष ग्रामिण परिवेशका विद्यार्थी रहेको अनुमान गर्न सकिन्छ । आशिषले टुप्पी पालेका छन् भने फर्मल पहिरनमा छन् ।

पोस्टरले चार साथीहरू बास्केटबल कोर्टमा रमाइलो गरिरहेको देखाएको छ । ‘होस्टेल ३’ ले क्याम्पस जीवन, मित्रता र रमाइलो क्षणहरूको कथा घटना उठान गर्ने बताइएको छ ।

यस फिल्ममा पारस, रिहान, आशिष र पदमसहित सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली लगायत मुख्य भूमिकामा रहने बताइएको छ ।

निर्देशन कँडेलकै कथा हो । स्क्रिप्ट भने माधव शर्माले लेखेका छन् । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ५८ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको