निमेषभरमै धुँवाको मुस्लोमा परिणत भयो जहाज (तस्बिरहरू) « Khabarhub

निमेषभरमै धुँवाको मुस्लोमा परिणत भयो जहाज (तस्बिरहरू)

जहाजमा सवार १८१ जनामध्ये १७९ को मृत्यु


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

सियोल – थाइल्यान्डको बैंककबाट १८१ जना बोकेर दक्षिण कोरियाको दक्षिण-पश्चिमस्थित मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणका लागि तम्तयार जहाज अचानक चराहरूको झुन्डसँग ठोक्किन पुग्यो ।

स्थानीय समयानुसार बिहान ९ बजेर ७ मिनेटमा विमानस्थलभित्रै भयंकर दुर्घटनामा पर्नुअघि यो जहाजले आकाशमा दुई चक्कर लगाएको थियो ।

चराहरूको झुन्डसँग ठोक्किएपछि ल्यान्डिङ गियरमा समस्या देखिएको जहाजलाई आपतकालीन अवतरणका लागि अनुमति दिइएको थियो ।

समाचार एजेन्सीका अुनसार जेजु एयरको उडान नम्बर २२१६ को जहाज देशको दक्षिण-पश्चिमस्थित मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा काँडेतारसहितको पर्खालमा ठोक्किएर ध्वस्तभएको हो ।

विमान थाइल्यान्डको बैंककबाट दक्षिण कोरिया फर्किएर अवतरणका क्रममा दुर्घटनामा परेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोअनुसार जहाज रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि एकैचोटी आगोको मुस्लोमा परिणत भएको देखिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज चराहरूको झुन्डसँग ठोकिन पुगेको थियो । त्यसकारण जहाजको ल्यान्डिङ गियरमा खराबी आयो । ल्यान्डिङ गियरमा समस्या आएपछि दुई चक्कर आकाशमा लगाएको जहाज पहिलो प्रयासमा अवतरण हुन सकेन। त्यसपछि दोस्रो प्रयास गर्न दिइयो । तर ल्यान्डिङ गियरमा समस्या देखिएको जहाज दोस्रो पटक अवतरणको कोसिसमा लाग्दा दुर्घटनाग्रस्त भएको हो ।

एयरपोर्टको चक्कर लगाएपछि जहाजले ल्यान्डिङ्ग गियरलाई पूरै नझारी आपतकालीन अवतरण गरेको थियो । १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगिसकेको छ । योनहाप न्यूज एजेन्सीले उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएअनुसार अब जहाजमा सवार २ जना मात्रै जीवित भेटिएका छन् ।

कोरिया हेराल्डले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार विमान दोस्रो पटक अवतरणको कोसिसमा लाग्दा दुर्घटनाग्रस्त भएको हो ।

विमानमा १७५ यात्रु र चालक दलका ६ जना सदस्य थिए । यात्रुमा १७३ जना दक्षिण कोरियाली नागरिक थिए । अन्य दुईजनाको राहदानी थाई थियो ।

सबै तस्बिरहरू : एपी

 

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १ : ४१ बजे

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित

काठमाडौं– पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा