एनपीएल विजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भव्य स्वागत | Khabarhub Khabarhub

एनपीएल विजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भव्य स्वागत


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली प्रिमियर लिग (एनपीएल)  विजेता टीम जनकपुर बोल्ट्सका खेलाडीहरूलाई रौतहटको सदरमुकाम गौरमा भव्य रूपमा स्वागत गरिएको छ  ।

हालै काठमाडौंमा सम्पन्न प्रथम एनपीएलका ट्रफी विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरू लाई गौर नगरपालिकाका मेयर शम्भु साह लगायतका संघ संस्थाले भव्य स्वागत गरेको हो ।

एनपीएल सिजन १ का विजेता  बोल्ट्सका खेलाडीहरूलाई मेयर साहको नेतृत्वमा भव्य स्वागत गरिएको छ। मेयर साहले खेलाडीहरूलाई फूलमाला लगाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा जनकपुर बोल्ट्सको जितलाई ऐतिहासिक उपलब्धि भएको भन्दै मेयर शम्भु साहले स्थानीय खेलकुदको विकास र प्रोत्साहनमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

जनकपुर बोल्टसका व्यवस्थापन पक्षले ट्रफी, र खेलाडी सहित मधेश प्रदेशको आठ वटै जिल्लामा जाने कार्यक्रम अनुसार आइतबार बिहान गौर पुग्दा खेलाडीहरू लाई भव्य रूपमा स्वागत गरेका थिए ।

 

त्यस अघी क्रिकेट संघ रौतहटको आयोजनामा बोल्ट्सका खेलाडी र व्यवस्थापन पक्षलाई विभिन्न झाँकी प्रदर्शन गर्दै गौर राइस मिल्समा स्वागत गरिएको थियो।

सम्मान कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरू, नगरवासीहरू, खेलप्रेमिहरु, संघका पदाधिकारीहरू सहित सयौँ नागरिकहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  २ : ४४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग