प्राविधिक जाँचपछि चरो ठोक्किएको हेलिकप्टर काठमाडौंतिर « Khabarhub

प्राविधिक जाँचपछि चरो ठोक्किएको हेलिकप्टर काठमाडौंतिर


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काभ्रे- सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको एउटा हेलिकप्टरमा चरो ठोक्किएर क्षति भएको छ ।

हेली एभरेष्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरो ठोक्किएपछि पाइलटले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० स्थित डाँडाबारीमा सुरक्षित अवतरण गराएका थिए ।

आइतबार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टरमा ११ बजेर २ मिनेटमा चरो ठोक्किएको थियो । चरो ठोक्किएको हेलिकप्टरको अगाडिको भागको शिशामा क्षति पुगेको छ ।

हेलिकप्टरलाई पुनः उडानमा पठाउन प्राविधिक चेकजाँचका लागि काठमाडौंबाट टोली गएको थियो । चरो ठोक्किएको हेलिकप्टरमा चालक र यात्रु सुरक्षित छन्। यात्रुलाई झारेर गाडीमा काठमाडौं पठाइएको थियो ।

अहिले सबै प्राविधिक परीक्षण र सामान्य मर्मतपछि हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरणका लागि काभ्रेबाट उडिसकेको छ ।

करिब आधा घण्टाको अवतरणपछि प्राविधिक परीक्षण गरेर हेलिकोप्टर काठमाडौं पठाइएको हो । हेलिकप्टरमा ५ जना अमेरिकी नागरिक र एक चालकसहित ६ जना सवार थिए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  २ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको