प्राविधिक जाँचपछि चरो ठोक्किएको हेलिकप्टर काठमाडौंतिर | Khabarhub Khabarhub

प्राविधिक जाँचपछि चरो ठोक्किएको हेलिकप्टर काठमाडौंतिर


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काभ्रे- सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको एउटा हेलिकप्टरमा चरो ठोक्किएर क्षति भएको छ ।

हेली एभरेष्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरो ठोक्किएपछि पाइलटले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० स्थित डाँडाबारीमा सुरक्षित अवतरण गराएका थिए ।

आइतबार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टरमा ११ बजेर २ मिनेटमा चरो ठोक्किएको थियो । चरो ठोक्किएको हेलिकप्टरको अगाडिको भागको शिशामा क्षति पुगेको छ ।

हेलिकप्टरलाई पुनः उडानमा पठाउन प्राविधिक चेकजाँचका लागि काठमाडौंबाट टोली गएको थियो । चरो ठोक्किएको हेलिकप्टरमा चालक र यात्रु सुरक्षित छन्। यात्रुलाई झारेर गाडीमा काठमाडौं पठाइएको थियो ।

अहिले सबै प्राविधिक परीक्षण र सामान्य मर्मतपछि हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरणका लागि काभ्रेबाट उडिसकेको छ ।

करिब आधा घण्टाको अवतरणपछि प्राविधिक परीक्षण गरेर हेलिकोप्टर काठमाडौं पठाइएको हो । हेलिकप्टरमा ५ जना अमेरिकी नागरिक र एक चालकसहित ६ जना सवार थिए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  २ : ५० बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको