युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ « Khabarhub

युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका विपिन कार्की र नायिका मिरुना मगर अभिनित फिल्म ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ युट्युबको संगीततर्फ ट्रेन्डिङ नम्बर १ मा परेको छ । गत बिहीबार सार्वजनिक यो गीत तीन दिनमै ट्रेन्डिङ १ मा उक्लिएको हो ।

विपिन र मिरुनाको अभिनय रहेको यो गीत नेपालसहित अन्य देशमा पनि ट्रेन्डिङमा परेको छ । यो समाचार तयार पर्दा यो गीत माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र यूएईमा पाँचौँ तथा कुवेतमा १९ नम्बर ट्रेन्डिङमा छ ।

‘कौडा/चुट्का’ भाकामा तयार पारिएको यस गीतको भिडियोमा फिल्मका केन्द्रीय पात्र विपिन र मिरुनाको प्रेमलाई प्रस्तुत गरिएको छ ।

गीत ट्रेन्डिङमा परेकाले निर्देशक नवीन चौहान फिल्मप्रति थप आशावादी छन् । भन्छन्, ‘दर्शकले गीत मन पराइदिनु भयो । हामीले यो गीतबाट यस्तै अपेक्षा राखेका थियौं । फिल्मलाई पनि दर्शकले यसरी नै मन पराउनुहुन्छ भने आशा थप बढेको छ ।’

यो गीतमा गायक सुजन चापागाईं र सुनिता थेगिमले स्वर दिएका छन् । शब्द पनि गायक चापागाईंकै हो ।

‘ऊनको स्वीटर’ आर्टमाण्डु प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर फिल्म हो ।

फिल्ममा विपिन र मिरुनासहित सुनील पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बूलगायतको अभिनय छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ५६ बजे

आज २०८२ साल फागुन २० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २० गते बुधबार चैत

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक