युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ « Khabarhub

युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका विपिन कार्की र नायिका मिरुना मगर अभिनित फिल्म ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ युट्युबको संगीततर्फ ट्रेन्डिङ नम्बर १ मा परेको छ । गत बिहीबार सार्वजनिक यो गीत तीन दिनमै ट्रेन्डिङ १ मा उक्लिएको हो ।

विपिन र मिरुनाको अभिनय रहेको यो गीत नेपालसहित अन्य देशमा पनि ट्रेन्डिङमा परेको छ । यो समाचार तयार पर्दा यो गीत माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र यूएईमा पाँचौँ तथा कुवेतमा १९ नम्बर ट्रेन्डिङमा छ ।

‘कौडा/चुट्का’ भाकामा तयार पारिएको यस गीतको भिडियोमा फिल्मका केन्द्रीय पात्र विपिन र मिरुनाको प्रेमलाई प्रस्तुत गरिएको छ ।

गीत ट्रेन्डिङमा परेकाले निर्देशक नवीन चौहान फिल्मप्रति थप आशावादी छन् । भन्छन्, ‘दर्शकले गीत मन पराइदिनु भयो । हामीले यो गीतबाट यस्तै अपेक्षा राखेका थियौं । फिल्मलाई पनि दर्शकले यसरी नै मन पराउनुहुन्छ भने आशा थप बढेको छ ।’

यो गीतमा गायक सुजन चापागाईं र सुनिता थेगिमले स्वर दिएका छन् । शब्द पनि गायक चापागाईंकै हो ।

‘ऊनको स्वीटर’ आर्टमाण्डु प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर फिल्म हो ।

फिल्ममा विपिन र मिरुनासहित सुनील पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बूलगायतको अभिनय छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ५६ बजे

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

तुलसीपुर– यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका

चितवनविरुद्ध काठमाडौंले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

तीन महिनामा गण्डकी प्रदेशको आठ प्रतिशत बजेट खर्च

पोखरा– चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिना अर्थात्

सुख्खा पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध, दुवैतर्फ सवारी रोकिए

काठमाडौँ– कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ– कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको