काठमाडौं- यही पुस ११ गते ६ महिने निलम्बनमा परेका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको नाम टोपबहादुर रायमाझीसँगै राखिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हाल केन्द्रीय कारागारमा थुनामा रहेका एमालेका सचिव राईलाई तत्कालै पार्टीबाट निलम्बन गरिएको थियो ।
सचिव पदबाट निलम्बनमा रहेका रायमाझीकै लहरमा बिन्दा र उषाकिरणको नाम एमालेले आफ्नो वेबसाइटमा अपडेट गरेको हो । ६ महिना निलम्बन गर्ने निर्णय कार्यान्वयनका क्रममा एमालेले आफ्नो वेबसाइटमा सीपीएनयुएमएल डट ओआरजीमा दुवैको नाम टोपबहादुरसँगै राखिएको हो ।
स्थायी समितिका सदस्यहरूको सूचीबाट बिन्दाको नाम र केन्द्रीय कमिटीबाट उषाको नाम हटाएर निलम्बनमा राखिएको हो ।
एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले दिएको दाने जग्गाबारे सार्वजनिक असहमति प्रकट गरेपछि दुवै नेतृलाई कात्तिक ४ स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै हालैको सचिवालय बैठकले दुवैलाई ६ महिना निलम्बन गरेको हो ।
प्रतिक्रिया