सखुवा प्रसौनीका पूर्वअध्यक्ष एमालेमा प्रवेश, ओलीलाई १८० किलोको माला « Khabarhub

सखुवा प्रसौनीका पूर्वअध्यक्ष एमालेमा प्रवेश, ओलीलाई १८० किलोको माला


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल लगायत नेत कार्यकर्ता आइतबार एमालेमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उक्त गाउँपालिका-२, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित पाँच हजार नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएको उनको सचिवालयले जनाएको छ।

जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थिए । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट पनि एमालेमा प्रवेश गरेका बताइएको छ।

कार्यक्रममा पर्साबासीकातर्फबाट क्षेत्र नम्बर ३ का सङ्घीय सांसद एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गरे । ‌ओलीलाई गुप्तासहितले एउटा १०० किलो र अर्को ८० किलोको माला लगाइदिए ।

कार्यक्रममा एमाले मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरु पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा, सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी थिए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ४३ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ