राष्ट्रिय अनुसन्धानका अधिकृतबाटै प्रहरीका सहयोगी रुम्बाको हत्या « Khabarhub

राष्ट्रिय अनुसन्धानका अधिकृतबाटै प्रहरीका सहयोगी रुम्बाको हत्या

रिसइबी साँध्न र लुटपाटका लागि गोली हानिएको निष्कर्ष


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

बारा- नेपाल प्रहरीका कार्यलय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतको संलग्नता रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले उक्त हत्या प्रकरणमा संलग्न भएका तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेपछि यो खुलासा भएको हो ।

आइतबार बारा प्रहरीले रुम्बाको हत्यामा संलग्न भएको आरोपमा जितपुर सिमरा उपमहानगरपालिका-१९ घर भई जयमाँ इन्जियरिङ वर्कशपका सञ्चालक २७ वर्षीय पुरुषोत्तम कुमार दास, इन्द्रजित कुमार चौहान र श्रीकान्त तिवारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये श्रीकान्त तिवारी राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत बारामा दरबन्दी भएका कर्मचारी हुन् । उनी विमानस्थल कार्यालय सिमरामा कार्यरत राष्ट्रिय अनुसन्धान अधिकृत रहेको बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् । अनुसन्धानका क्रममा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत तिवारीको पनि हत्यामा संलग्नता भएको प्रहरीले पत्ता लगाएको छ ।

हत्या गरिएका रुम्बा बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ निवासी थिए । उनी इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भई विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी थिए ।

गत पुस ६ गते बिहान बाराको जितपुर सिमरा उपमहानगरपालिका-११ स्थित बकुलिया रमौली लोसन्डा सडकखण्डको छेउमा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको खैरो रंगको कारभित्र चालकको सिटमा रुम्बाको शव भेटिएको थियो ।

त्यसबेला प्रहरीले अनुसन्धान गर्दा टाउकोबाट गोली भेटिएको थियो । उनको शव पोष्टमार्टमका क्रममा रुम्बाको टाउकोबाट गोलीको भेटिएको थियो । प्रहरीले रुम्बाको मृत्युको कारण टाउकोमा गोली हानेर गरिएको जनाएको छ । ‘पोस्टमार्टम रिपोर्टमा ‘गनसट इन्ज्युरी टु द हेड’ भनेर आएको छ’,डीएसपी सापकोटाले भने, ‘शव परीक्षण प्रतिवेदनले रुम्बाको टाउकोमा गोली हानी हत्या गरिएको खुलाएपछि अनुसन्धान तीव्र बनाएका थियौँ ।’

प्रहरीले अनुसन्धानका क्रममा रुम्बाले घाँटीमा लगाएको सुनको सिक्री पुरुषोत्तमकुमार दासको वर्कसपबाट रुम्बाले लगाउने गरेको जिन्स पाइन्टको खल्तीबाट बरामद गरेको जनाएको छ ।

रूम्बाको पर्स पनि दासकै कालो रंगको झोलाबाट बरामद भएको छ । पक्राउ परेका तीनजनाबाट ६ थान मोबाइल पनि बरामद गरिएको छ।

प्रहरीले दासले प्रयोग गर्ने गरेको ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाइकल पनि बरामद गरेको छ ।

यो घटना पुरानो रिसइबी र लुटपाटका लागि भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका तीनैजनालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको सापकोटाले बताए । उनका अनुसार बारा जिल्ला अदालत बाट ७ दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय सिमराले घटनाको अनुसन्धान अघी बढाएको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : २९ बजे

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र