उपचाररत मोहन वैद्यलाई भेट्न पुगे प्रचण्ड | Khabarhub Khabarhub

उपचाररत मोहन वैद्यलाई भेट्न पुगे प्रचण्ड


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार गरिरहेका बैधको स्वास्थ्य अवस्था बुझ्न उनी अस्पताल पुगेका हुन् । अध्यक्ष प्रचण्ड अहिले साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिदै परिवारसित पनि भेट गरेका थिए ।

सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उनको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएकाका थिए। सो क्रममा महासचिव किरणले क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराए ।

अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गरेका छन । सो क्रममा दुबै जना भावुक पनि भएका थिए ।अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी बिभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरूले एकले अर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ८ : ५४ बजे

अमेरिका पठाइदिने भन्दै ५९ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी

राखेप उपाध्यक्षमा आचार्य नियुक्त, यस्ता छन् मन्त्रिपरिषद्‍का अन्य निर्णय

काठमाडौं- सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण

पूर्वमन्त्री र पूर्वमुख्यसचिवको दोहोरी : कर्मचारी खराब कि नेता ?

काठमाडौं – मंगलबार दरबारमार्गमा अर्थतन्त्रमा देखिएका चुनौतीबारे एउटा अन्तरक्रिया कार्यक्रम

 दक्षिण कोरियाले जेजु एयर फ्लाइट डाटा रेकर्डर अमेरिका पठाउने

सियोल– दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको

एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको