सबै धर्म संस्कृति बराबर : मन्त्री गुरुङ | Khabarhub Khabarhub

सबै धर्म संस्कृति बराबर : मन्त्री गुरुङ


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यले जातजाति, धर्म र संस्कृतिलाई बराबरका रूपमा हेरेको बताएका छन् ।

लमजुङ बेँसीसहर नगरपालिका–७ मा तमु ल्होसार २०८१ का अवसरमा तमु ह्युल छोंज धीं लमजुङको आयोजनामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले २०६२÷६३ सालको आन्दोलनपछि नयाँ सविधान निर्माण गर्दै मुलुकलाई धर्म निरपेक्ष राज्य बनाएको बताए । सबैले एक अर्काको धर्मसंस्कृतिको सम्मान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

सञ्चारमन्त्री गुरुङले सहकारीको वर्गीकरण हुनुपर्ने उल्लेख गर्दै सहकारी नियमनकारी बनाएर सरकार अघि बढ्ने बताए । सहकारीले निश्चित ठाउँमा मात्रै कारोबार गर्न पाउनेगरी नियमनकारी गठन गरेर तोक्ने उनको भनाइ थियो । स्थानीय तहमा सञ्चालन गर्ने, स्थानीय तहमा दर्ता, प्रदेशमा सञ्चालन हुने प्रदेशमा र केन्द्रमा सञ्चालन हुने सहकारी केन्द्रमा दर्ता भएर मात्रै सञ्चालन हुनुपर्ने उनले बताए ।

सहकारीमा दोषी देखिए जो कोहीलाई पनि कानुनी कारबाही हुने सञ्चारमन्त्री गुरुङले बताए । संबिधान संशोधन प्रमुख ठूला दलहरुको सहमतिमा हुने सरकार प्रवक्तासमेत रहेका उनले बताए । गाउँगाउँमा सबै जनताले अनुभूति गर्नेगरी विकास निर्माणका कार्यमा सरकार लागिपरेको उनको भनाइ थियो ।

सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्ने उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्न सकेमा देशको अरबौँ रुपैयाँ राजस्व बचत हुने बताए । नेपालमा हुलाक टिकटसमेत आफ्नो प्रेसमा छाप्न सकिएको अवस्था नरहेको भन्दै मन्त्री गुरुङले वर्तमान सरकारले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गरेर आफ्नै प्रेस सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रेस सञ्चालनमा देखिएका समस्या र अवरोधहरुलाई समाधान गरेर सरकारले यसलाई छिट्टै प्रक्रियामा लैजाने मन्त्री गुरुङले बताए । प्रेस पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकेमा हुलाक टिकट, लेबल–स्टिकर, लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र, राहदानी, बैङ्क नोट छाप्न विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : १९ बजे

वामदेवको एकीकरण अभियान र एकीकृत समाजवादी एकतानजिक

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकताबद्ध भएर

राष्ट्र बैंकमाथि प्रश्न : विदेशीले जे भन्छन्, त्यतै दौडिने ?

विश्वका अहिलेका घटनाक्रमलाई हेर्दा हाम्रो सोचाइमा नै भएका समस्याहरूलाई परिवर्तन

गुठी ऐन सदनमा प्रस्तुत गर्न राष्ट्रिय सरोकार समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठी

पूर्वाधार क्षेत्रमा बढ्दो गुनासो उजुरीका चाङैचाङ

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा पूर्वाधार निर्माणको क्रममा देखिएका

अर्थसंक्षेप : मधेसमा विकास बजेट खर्च निराशाजनक, बैंकहरू ‘साइलक’ को नयाँ संस्करण बन्न नहुने

काठमाडौं- दोस्रो त्रैमासिक बित्ने बेला हुन लाग्दा समेत मधेस प्रदेश