भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने, खोल्लान् त नयाँ पार्टी ? « Khabarhub

भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने, खोल्लान् त नयाँ पार्टी ?


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको राजनीतिबाट बिदा भएका डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

उनले आफ्ना कुराहरू राख्न र भावी कार्ययोजना बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको रावलका सचिवालय सदस्य गोविन्द दुवालले जानकारी दिए ।

नयाँ पार्टी खोल्ने वा कसरी अघि बढ्ने भन्ने सवालमा रावल अहिले विभिन्न व्यक्तिसँग टोखा नगरपालिकास्थित आफ्नै निवासमा छलफलमा छन् ।

नयाँ पार्टी खोल्ने योजना बुधबार नै घोषणा हुँदैन । उहाँ छलफलमै हुनुहुन्छ । दुवालले खबरहबलाई भने, ‘भावी कार्ययोजना र अहिलेसम्म उहाँप्रति भएका पार्टीको गतिविधिबारे बुधबार जनकारी गराउनुहुन्छ ।’

शुभचिन्तक लगायत मानिस बोलाएर पत्रकार सम्मेलन गर्ने या मिडियालाई मात्र बोलाएर गर्ने भन्नेबारेमा मंगलबार मात्र निर्णय हुने बताइएको छ ।

एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेमा किनाराकृत भएका थिए ।

खास गरी चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएदेखि उनी किनाराकृत हुन थालेका थिए ।

एमालेमा किनाराकृत भएका रावल सुदूरपश्चिम र कर्णालीमा एक्लै आफ्ना गतिविधि गरिरहेका थिए । तर, एमालेले शृङ्खलाबद्ध दर्जनौँ आरोप लगाउँदै गत बुधबार सङ्गठित सदस्यताबाट मुक्त गरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : ४७ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक