रौतहटमा सात घरमा आगलागी, ८ लाख बढीको क्षति | Khabarhub Khabarhub

रौतहटमा सात घरमा आगलागी, ८ लाख बढीको क्षति


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका– ५ स्थित पासवान टोलमा गए राति भीषण आगलागी भएको छ। लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएको आगोले सात वटा घर जलेर नष्ट भएका छन् ।

राजदेवी नगरपालिका– ५ पताही बस्ने जगतनाथ पासवानको फुसले छाएको घरमा नजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो।

आगलागी बाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्तिदेवी पासवान र प्रदीप पासवान, लगायत सात जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट ८ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले खबरहबलाई जानकारी दिए ।

आगलागीको खबरपछि बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहाको कमाण्डमा १० जना, प्रहरीचौकी वसन्तपुरबाट असई रामलगन दासको कमाण्डमा ५ जनाको टोली, गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : १९ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग