अटो रिक्सा बढेपछि ट्राफिक व्यवस्थापनमा समस्या | Khabarhub Khabarhub

अटो रिक्सा बढेपछि ट्राफिक व्यवस्थापनमा समस्या


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– व्यावसायिक रूपमा सञ्चालित अटो रिक्साको सङ्ख्या वृद्धि हुन  थालेसँगै सिरहाको मुख्य बजार लहानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र जथाभावी अव्यवस्थित ढङ्गले अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।

भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले बताए ।

प्रमुख थपलियाले अटो रिक्सालाई नियमन गर्नका लागि कार्यविधि नभएकाले यसमा स्थानीय तह र यातायात कार्यालयले ध्यान दिनुपर्ने बताए । अव्यवस्थित रूपमा सञ्चालन गरिएका अटो रिक्सालाई कानूनको दायरामा ल्याई नियमन गर्नुपर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाइ छ ।

पछिल्लो समय सिरहामा अटो रिक्सा ठूलो सङ्ख्यामा भित्रिरहेका छन् । ट्रेड युनियन महासङ्घ सिरहाका अध्यक्ष सञ्जीव उप्रेतीका अनुसार सिरहाको लहानमा मात्रै करिब तीन हजारको सङ्ख्यामा अटो रिक्सा सञ्चालित छन् । जुन सडकको क्षमता भन्दा तीन दोब्बरले बढी हो । सम्बन्धित पक्षले चासो नदेखाउँदा अस्तव्यस्त रूपमा जथाभावी चल्ने अटोका कारण दुर्घटनाको जोखिम पनि बढ्दै गएको उप्रेतीको भनाइ छ ।

चाहिनेभन्दा बढी भएपछि रिक्साले बजार नै ढाकेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए । उनले भने, ‘बजारमा रिक्साले आतङ्क सिर्जना गरेको छ । नियमन गर्नका लागि स्पष्ट नीति र नियम छैन । रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था पनि छैन । यसले गर्दा दुर्घटना भएपछि कर्तव्य ज्यान मुद्दा आकर्षित हुन्छ ।’ उनले यातायात कार्यालयले निश्चित मापदण्ड बनाएर रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

बिना दर्ता र अव्यवस्थित रूपमा लहान क्षेत्रमा सञ्चालन हुँदै आएका अटो, ट्याम्पो तथा ई–रिक्सालाई व्यवस्थापन र नियमन गर्न नगरपालिकाले कार्यविधि तयार पारेर लागू गर्ने प्रक्रियामा रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । उनले रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १० : ०८ बजे

यस्तो बन्यो ‘कार्साङ’को ट्रेलर

काठमाडौं – पुस २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्साङ’को ट्रेलर

किसानले बेचे ११ करोडको धान

बाँके– बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक

एमालेको जरा अभियान : जनतालाई ‘न मल न पानी !’

काठमाडौं– प्रमुख सत्तारुढ एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न भन्दै