आज २०८० साल माघ १६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल माघ १६ गते मंगलबारको राशिफल


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ १६ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ३० तारिख। धन योग रहेको छ भने कन्यामा चन्द्रमा छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव समाजमा पर्ने देखिन्छ। नम्र भएर बोल्दा नाफा हुनेछ। परिवारबाट राम्रो साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। श्रमको फल प्राप्त गर्न मेहनत गर्नुपर्ने देखिन्छ। सञ्चित धनको खर्च हुनेछ। धन खर्च गर्दा सदुपयोग हुने ठाउँमा लगानी गर्नु राम्रो हुन्छ।

मिथुन : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले चिसोबाट बच्नुपर्नै देखिन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट : समय राम्रो छ। रामको स्मरण मात्र गरेमा शिक्षा र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। लगानी गरेका क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रको लगानीबाट उत्कृष्ट नतिजा मिल्नेछ। परिवारमा झमेला हुने भएकाले मौन भएर त्यसलाई जित्नुपर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। उदय भएका चन्द्रमाको साथले हरेक काम सफल हुनेछन्। आफन्तले कुरा काट्ने भएकाले सचेत हुनुपर्छ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ पाइने छ।

तुला : दिन सामान्य राम्रो छ। गुरुबाट असहयोग हुने भएकाले धेरै चुनौती छन्। न्यायपूर्वक गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। आफूभन्दा ठुलाको आज्ञा लिएर काम गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दैनिकी राम्रो छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। काम गर्दै जाँदा विभिन्न खालका चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। परिवारको भने सहयोग प्राप्त हुनेछ।

धनु : दैनिकी राम्रो छ। हरेक क्षेत्रमा सफलता मिल्नेछ। परोपकारको काम गर्नाले मन खुशी हुनेछ। आँखामा समस्या हुने भएकाले समयमै सचेत हुनुपर्ने देखिन्छ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : समय राम्रो छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। खर्च भएको रकमको सदुपयोग हुनेछ। दुःखीलाई आफ्नै हातले वस्त्र र अन्न प्रदान गरेमा राम्रो हुन्छ।

कुम्भ : दिन सामान्य छ। शनिदेवलाई खुशी पार्न शिवको भजन सुन्नु फाइदाजनक हुन्छ। स्वास्थ्य र शिक्षा क्षेत्र सबल छन्। रोजगारीको क्षेत्रमासमेत फाइदा हुनेछ। परिवारको असन्तुष्टि सुन्नुपर्ने छ।

मीन : दिन राम्रो छ। स्वदेशमै रोजगारीको सम्भावना देखिन्छ। आफन्तबाट प्रशंसा हुन्छ। सम्मान प्राप्त हुनसक्छ। दिनमा निन्द्रालाई त्याग गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : १५ बजे

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक