प्रधानमन्त्री कप क्रिकेट : आज कोशी र लुम्बिनी तथा एपीएफ र सुदूरपश्चिम भिड्ने « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज कोशी र लुम्बिनी तथा एपीएफ र सुदूरपश्चिम भिड्ने


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज कोशी र लुम्बिनी प्रदेश तथा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

कोशी र लुम्बिनीको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा कोशी प्रदेश अहिलेसम्मका आठवटै खेलमा हार बेहोर्दै अंकविहीन छ । यस्तै, लुम्बिनी प्रदेशले ७ खेलबाट २ अंक जोडेको छ ।

यसैगरी, आज एपीएफ र सुदूरपश्चिम प्रदेशबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

प्रतियोगितामा ७ खेल खेलेको एपीएफ ८ अंकसहित पाँचौँ स्थानमा छ भने समान खेल खेलेको सुदूरपश्चिम ८ अंकसहित छैटौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ०४ बजे

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका