प्रधानमन्त्री कप क्रिकेट : आज कोशी र लुम्बिनी तथा एपीएफ र सुदूरपश्चिम भिड्ने « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज कोशी र लुम्बिनी तथा एपीएफ र सुदूरपश्चिम भिड्ने


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज कोशी र लुम्बिनी प्रदेश तथा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

कोशी र लुम्बिनीको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा कोशी प्रदेश अहिलेसम्मका आठवटै खेलमा हार बेहोर्दै अंकविहीन छ । यस्तै, लुम्बिनी प्रदेशले ७ खेलबाट २ अंक जोडेको छ ।

यसैगरी, आज एपीएफ र सुदूरपश्चिम प्रदेशबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

प्रतियोगितामा ७ खेल खेलेको एपीएफ ८ अंकसहित पाँचौँ स्थानमा छ भने समान खेल खेलेको सुदूरपश्चिम ८ अंकसहित छैटौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ०४ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित