काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
साेमबार चाँदी तोलाको १४०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया