अर्थतन्त्र विकासमुखी भएन : सहमहामन्त्री पाण्डे « Khabarhub

अर्थतन्त्र विकासमुखी भएन : सहमहामन्त्री पाण्डे


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाजुरा– नेपाली कांग्रेसका सह महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य बद्रीप्रसाद पाण्डेले अर्थतन्त्र विकासमुखी नभएको बताएका छन् । 

नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कोल्टीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहमहामन्त्री पाण्डेले पुँजीगत खर्चभन्दा अन्य खर्च बढी भएकाले विकासमुखी बजेट बन्न नसकेको जिकिर गरेका हुन्। पत्रकार भेटघाट कार्यक्रममा नेता पाण्डेले सरकारले ल्याएको भन्दा थोरै बजेट विकास-निर्माणमा भएकाले प्राथमिकतामा नपरेको बताए । 

सहमहामन्त्री पाण्डेले अहिले संसद्मा कानुन निर्माणका लागि बनाइएका समितिले पनि काम गर्न नसकेकामा चिन्ता व्यक्त गरे । सांसदले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको स्वीकारोक्ति छ । सांसदले गर्नुपर्ने कामभन्दा पनि आउने निर्वाचन केन्द्रित हुन थालेकाले संसद्को भूमिका प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।

सहमहामन्त्री पाण्डेले भने, ‘प्रत्येक १० वर्षको अवधिमा संविधानमा भएका कुरा थपघट गर्न संविधान पुनरावलोकनमा सोच्नुपर्ने अवस्था आएको छ ।’ कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले जिल्लामा राजनीतिक नेतृत्वमा अभिभाकत्वको भूमिका निर्वाह गर्नेको खाँचो रहेको बताएका छन् ।

जिल्लाको पर्यटकीय सम्भावना थुप्रै भएकाले त्यसको प्रचारप्रसार र पहिचान बढाउन आवश्यक रहेको समन्वय प्रमुख रोकायाले बताए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १ : ३४ बजे

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

काठमाडौं– सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन

चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने

काठमाडौं– नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र

राजनीतिक दलमा युवालाई कार्यकर्ता र दास ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरूलाई

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको

सुशीला कार्कीले चार मन्त्री थप्दै, भूमिमन्त्री सिन्हालाई पर्यटनमन्त्री बनाइने

काठमाडौं– सुशीला कार्की नेतृत्वको सरकारले आज चारजना मन्त्री थप्ने भएको