जलद्रोणी : पानी चिस्याउने ५ सय वर्षअघिको प्रविधि « Khabarhub

जलद्रोणी : पानी चिस्याउने ५ सय वर्षअघिको प्रविधि


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

जलद्रोणीका विषयमा तपाईं कति जानकार हुनुहुन्छ ? हो, लिच्छवी तथा किराँत कालमा धापिएर आएको बटुवालाई  चौतारा नजिक पाटीपौवामा पानी चिसो राख्न प्रयोग गरिने घरेलु प्रविधि नै जलद्रोणी हो । यत्रतत्र सडक मार्गले जोडेपछि एकादेशको कथा बनेको यो प्रविधिको अस्तित्व दक्षिणकाली नगरपालिका टुटेपानीमा आज पनि देख्न सकिन्छ । 

पाँच सय वर्ष पुरानो यो प्रविधिलाई स्थानीयले पुरातात्विक दृष्टिले संरक्षण गरेर राखेका छन । तराईबाट फर्पिङ भइ ललितपुर जाने बटुवालाई लक्षित गरी जलद्रोणी बनाइको थियो ।

जलद्रोणी विशेष प्रकारको ढुङ्गा कुँदेर बनाइन्थ्यो । जलद्रोणीमा राखिएको पानी निकै चिसो हुन्थ्यो । फ्रिज नभएको त्यो समयमा यही पानी पिएर बटुवाले तिर्खा मेटाउँथे । स्थानीय बासिन्दाले नजिकैको कुवाबाट पानी ल्याएर संकलन गरी पानी त्यहाँ संकलन गर्थे । तत्कालिन समयमा यसलाई सामाजिक उत्तरदायित्वको कार्य मानिन्थ्यो । 

ढुङ्गे धारा निर्माण गरेर पानी उपलब्ध गराउन खर्चिलो हुने हुँदा जलद्रोणको निर्माण गरिन्थ्यो । ऐतिहासिक संरचना भएकाले यसको संरक्षण गर्नुपर्ने स्थानीय समाजसेवी निरोज श्रेष्ठ बताउँछन । 

उनी भन्छन, ‘नयाँ पुस्ताको लागि यो एक इतिहास हो । इतिहासको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’ 

यस्ता सम्पदाको संरक्षणमा स्थानीय सरकार अझ सक्रिय हुनुपर्ने उनको भनाइ छ । 

तस्विर : शशिन्द्र गौतम

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  २ : ०७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर