कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं :  परराष्ट्रमन्त्री साउद  « Khabarhub

कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं :  परराष्ट्रमन्त्री साउद 


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।  

काठमाडौँस्थित कोरियन दूतावासले मंगलबार होटल याक एन्ड यतिमा आयोजना गरेको नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सब अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर रहेको बताएका हुन् । 

उनले दुबै मुलुकबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेकोसमेत बताए। यसैबीच उनले कृषि, उर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताए। 

उनले भने, ‘कोरियामा हजारौं नेपाली कामदार छन्। नेपालीहरूले थप अध्ययनका लागि कोरिया रोजेका छन्। हजारौं कोरियाली पर्यटकका रूपमा नेपाल आउने गरेका छन्। कोरियालीहरूको ठूलो संख्याले नेपालमा लगानी गरेको छ। आगामी दिनहरूमा, हामी यसलाई साझेदारीलाई थप विस्तार गर्नेछौं।’ 

परराष्ट्रमन्त्री साउदले उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई पनि गति दिने उल्लेख गर्दै भने, ‘म विश्वस्त छु कि स्वर्ण जयन्तीको अवसरमा उच्चस्तरीय भ्रमण गर्न सक्छौं।’

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  २ : २० बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)