कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं :  परराष्ट्रमन्त्री साउद  « Khabarhub

कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर छौं :  परराष्ट्रमन्त्री साउद 


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।  

काठमाडौँस्थित कोरियन दूतावासले मंगलबार होटल याक एन्ड यतिमा आयोजना गरेको नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सब अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर रहेको बताएका हुन् । 

उनले दुबै मुलुकबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेकोसमेत बताए। यसैबीच उनले कृषि, उर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताए। 

उनले भने, ‘कोरियामा हजारौं नेपाली कामदार छन्। नेपालीहरूले थप अध्ययनका लागि कोरिया रोजेका छन्। हजारौं कोरियाली पर्यटकका रूपमा नेपाल आउने गरेका छन्। कोरियालीहरूको ठूलो संख्याले नेपालमा लगानी गरेको छ। आगामी दिनहरूमा, हामी यसलाई साझेदारीलाई थप विस्तार गर्नेछौं।’ 

परराष्ट्रमन्त्री साउदले उच्चस्तरीय भ्रमणको आदानप्रदानलाई पनि गति दिने उल्लेख गर्दै भने, ‘म विश्वस्त छु कि स्वर्ण जयन्तीको अवसरमा उच्चस्तरीय भ्रमण गर्न सक्छौं।’

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  २ : २० बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९