अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक « Khabarhub

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– विश्व पर्यटन बजारका महत्वपूर्ण मानिएकामध्ये एक अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घटेका छन् । 

दैनिक तीन सयभन्दा बढी पर्यटकको आगमन भइरहने यस पदमार्गमा यतिबेला मुस्किलले दैनिक दुई चार जनाका दरले विदेशी पर्यटक आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ । 

यतिबेला चिसो बढ्न थालेसँगै पर्यटक ह्वातै घटेको केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताए । गर्मीयाम सुरु नभएसम्म यसरी पर्यटक घट्दै जाने र पर्यटन व्यवसायीहरूको आम्दानीसमेत नहुने उनको भनाइ थियो । ३५ हजारभन्दा बढी पर्यटन व्यवसायी यस पदमार्गमा छन् । 

यिमध्ये अधिकांश व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र रहेको छ । अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्ष्य गरेर पदमार्ग आसपासमा दर्जनौँ होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी यतिबेला मर्कामा परेका छन् । पर्यटक घट्दा आम्दानीसमेत नहुने भएकाले परिवारको दैनिक गुजारा चलाउन समस्या हुने उनीहरूको गुनासो थियो ।     

लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ जगतका पच्चबहादुर गुरुङले भने, ‘पर्यटकको चाप हुँदा दैनिक रु ३०-४० हजारसम्म आम्दानी हुन्थ्यो तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ । चिसो बढेकाले पर्यटक पदमार्गमा नआउँदा आम्दानी हुन छाडेपछि चिन्तित बनाएको उनको भनाइ थियो । 

अर्का पर्यटन व्यवसायी खुसबहादुर तामाङको पनि उस्तै पीडा छ । लामो समयपछि लयमा फर्किरहेको पर्यटन व्यवसाय यतिबेला पर्यटक आगमन घटेसँगै आम्दानी पनि कम हुन पुगेको छ । दैनिक रु ३०-३५ हजार आम्दानी हुने गरे पनि यतिबेला पदमार्गमा पर्यटक शून्यजस्तै बनेसँगै आम्दानी नहुँदा परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्तामा रहेको उहाँको भनाइ थियो । 

पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज र प्राकृतिक सुन्दरताको अवलोकन गर्नाका साथै मनाङबाट थुम्रापास भएर मुस्ताङ वा पोखरा जान पर्यटक अन्नपूर्ण पदमार्ग प्रयोग  गर्छन् । 

सो पदमार्गले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडेको छ । विश्वकै दश उत्कृष्ट पदमार्गमा पर्ने यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहरमा छ ।

पदमार्ग सुनसान हुँदा पर्यटन व्यवसायी मात्र नभई सयौँ सङ्ख्यामा होटलमा आबद्ध कर्मचारी, भरिया तथा पर्यटकका लागि पथप्रदर्शकको काम गर्दै आएकाहरुलाई समेत समस्या पर्न थालेको छ । 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ४ : २४ बजे

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर