भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार « Khabarhub

भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय नौसेनाको युद्धपोत आइएनएस सुमित्राले सोमालियाको पूर्वी तटबाट जाँदै गरेको इरानी माछा मार्ने जहाज अल नईमीमा समुद्री डकैतीको प्रयासलाई विफल बनाएको छ ।

साथै सोमबार १९ जना पाकिस्तानी नागरिकलाई सफलतापूर्वक उद्धार गरेको भारतीय नौसेनाले जनाएको छ । सोमाली समुद्री डाकुहरूबाट इरानी झण्डा बोकेको माछा मार्ने जहाज एफभी इमानलाई बचाई भारतीय नौसेनाले उद्धार गरेको जनाएको छ । 

सोमालियाको पूर्वी तट र एडनको खाडीमा समुद्री डकैती विरोधी कारबाहीमा १७ जना चालक दलका सदस्यहरू सहभागी थिए । भारतीय नौसेनाका अनुसार युद्धपोत आइएनएस सुमित्राले संकटग्रस्त जहाजलाई रोकी  माछा मार्ने जहाज पत्ता लगाएको थियो । बन्धक बनाइएका १९ पाकिस्तानी राष्ट्रिय चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ  ।

युद्धपोतले डुङ्गासहित चालक दलका सदस्यहरूको सुरक्षित रिहाइका लागि समुद्री डाकुहरूलाई बाध्य पारी डुङ्गासहित सबै १९ जनाको रिहाइ गरेको छ ।

आईएनएस सुमित्राले ३६ घण्टाको अथक प्रयासबाट कोचीबाट करिब आठ सय ५० एनएम पश्चिम दक्षिणी अरब सागरमा ३६ चालक दल (१७ इरानी र १९ पाकिस्तानी) सहित दुई अपहरण गरिएका माछा मार्ने जहाजहरू समेत उद्धार गरेको छ  ।  

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : २१ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई