‘पुजार सार्की’को छायांकन सुरु « Khabarhub

‘पुजार सार्की’को छायांकन सुरु


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिनेश राउतको निर्देशन रहने ‘मल्टिस्टारर’ चलचित्र  ‘पुजार सार्की’को छायांकन सुरु भएको छ । कास्कीको कास्कीकोटमा मंगलबार शुभमुहूर्त गरी निर्माण टोली छायांकनमा निस्किएको हो । 

एक महिनामा छायांकन सक्ने लक्ष्यका साथ निर्माण टोली आइतबार कास्कीकोट पुगेको थियो । जातीय विभेदमा आधारित कथा भएकाले सोही गाउँ आसपास छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । 

अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले मुख्य भूमिका रहने यो बहुप्रतिक्षित फिल्म हो । तीन नायकको पहिलो सहकार्य भएकाले निर्माणको घोषणादेखि नै फिल्म चर्चामा छ । फस्ट लुक पोस्टर सार्वजनिक हुने बित्तिकै इन्टरनेसनल राइट्स बिक्री भइसकेको छ । 

यी तीन नायकसहित नायिके परीक्षा लिम्बू र अन्जना बराइली पनि मुख्य भूमिकामा देखिँदैछन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने यो फिल्मका लेखक विकास सुवेदी हुन् भने लगानी सुवास भुसालको रहेको छ । 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : १० बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले