घेराबन्दीमा पार्ने षड्यन्त्र भयो : रवि लामिछाने « Khabarhub

घेराबन्दीमा पार्ने षड्यन्त्र भयो : रवि लामिछाने


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संगठित रुपमा आफूलाई घेराबन्दीमा पार्ने षड्यन्त्र भएको बताएका छन् ।

मंगलबार रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा लामिछानेले राज्य र बिभिन्न शक्तिहरूले सहकारीको विषयलाई लिएर आफूलाई घेराबन्दीमा पार्ने षड्यन्त्र गरेको बताएका हुन् । उनले आफूले जनताका अगाडि शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षड्यन्त्र सफल नहुने उल्लेख गरे ।

उपप्रधान एवं गृहमन्त्रीले चाहेको भएर सहकारी पीडितको समस्या समाधान भइसक्ने भएपनि आफ्नो पछाडीमात्रै लाग्ने काम भएको तर्क गरे । उनले मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उद्देश्यका साथ पार्टी अघि बढेको धारणा राखे । उनले आफू र पार्टीलाई जनताले गर्ने प्रश्नले सुधारको बाटो देखाउने बताए । 

त्यस्तै लामिछानेले देश बनाउने मुद्दामा दलहरुका नेताहरूबीच मतभेद भएपनि स्वार्थका विषयमा भने शीर्ष भनिएका दलहरू एक हुने गरेको पनि बताए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ४९ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १